२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सरकार नै निर्मला पन्तको हत्यारा संरक्षण गर्न लागीपरेको देउवाको आरोप

काठमाडौँ — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले निर्मला पन्तलाई न्यान दिन नसक्ने बताएका छन् । राजधानीमा शनिबारदेखि सुरु भएकाे कांग्रेस महासमिति बैठकको उद्घाटन सत्रमा बोल्दै सभापति देउवाले सरकार नै निर्मला पन्तको हत्यारा संरक्षण गर्न लागीपरेको आरोप लगाए।

सरकार नै निर्मला पन्तको हत्यारा संरक्षण गर्न लागीपरेको देउवाको आरोप

उनलेे भने, ‘निर्मलालाई न्याय माग्दै पोष्टर टाँस्न जाँदा च्यातेर न्याय मार्न खोजेको छ । बलात्कारीलाई बचाउन सरकार लागीपरेको छ । ’

सरकारले गोविन्द केसीसँग सम्झौता गर्ने तर कार्यान्वयन नगर्ने, संविधान संशोधनको विषयमा मौन हुनु जस्ता हर्कतहरु देखाउन थालेको देउवाकाे भनाइ छ । सरकार संघीयतालाई कमजोर बनाउने खेलतर्फ लागि परेको देउवाको आरोप थियो ।


उनले बिनाप्रतिस्पर्धा बूढीगण्डकी जलविद्युत आयोजनाको ठेक्का चिनियाँ कम्पनीलाई दिएको बताउँदै कम्युनिष्ट सरकारको धेरै कमीकमजोरीहरु देखिएको बताए । वर्तमान सरकार बनेपछि हत्या हिंसा र राज्य संरक्षित अपराध बढेको देउवाको भनाइ छ ।


यस्तै द‍ेउवाले अब कांग्रेस पार्टी कसैले नछोड्नुपर्ने बताए । भने, ‘गणेशमान सिंहले पार्टी छोड्नु भएको थियो । अब कांग्रेस पार्टी कसैले छोड्नु पर्दैन ।’ देउवाले कम्युनिष्ट प्रधानमन्त्री भएका कारणले पहिलो संविधानसभाबाट संविधान जारी हुन नसकेको बताए । मुलुकका ठूला ठूला परिवर्तनहरु कांग्रेसकै नेतृत्वमा हुने गरेकाे उल्लेख गर्दै कांग्रेसकै नेतृत्वमा संविधान जारी भएकाे उनले बताए।

प्रकाशित : मंसिर २९, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?