कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

आठ हजार सवारी पञ्जीकरण

काठमाडौँ — यातायात व्यवस्था विभागमा पञ्जीकरण हुने सवारीको संख्या ८ हजार मात्र रहेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ मा भएको व्यवस्थाबमोजिम मंसिर मसान्तसम्म पञ्जीकरण नहुने सार्वजनिक यातायात आगामी पुस १ देखि गुड्न नपाउने विभागले मंसिर २२ मा सूचना प्रकाशित गरी जानकारी गराएको थियो ।

आठ हजार सवारी पञ्जीकरण

विभागमा पञ्जीकरण हुन तोकिएको आठ महिना अवधिमा तीन हजार कम्पनीका आठ हजार सवारीको मात्र अभिलेख आएको प्रवक्ता गोकर्णप्रसाद उपाध्यायले जनाए ।


कम्पनी रजिस्ट्रारको कार्यालयमा दर्ता भई विभागमा पञ्जीकरण गरेर मात्र सार्वजनिक यातायात चलाउन संसदको विकास समितिले २०७४ भदौ ५ मा सरकारलाई निर्देशन दिएको थियो । यससम्बन्धी व्यवस्था गर्न विभागले गत चैत १८ मा निर्देशिकासमेत जारी गरेको थियो ।


कम्पनीमा दर्ता भएर विभागमा पञ्जीकरण नभएका सवारी सडकमा गुडे नियन्त्रणमा लिइने विभागले जनाएको छ । यसअघि संघसंस्था ऐनअनुसार सामाजिक संस्थाका रूपमा दर्ता भएका यातायात समितिलाई गत साउनदेखि नै नवीकरण बन्द गरिएको थियो ।


सवारी कम्पनीमा दर्ता भई विभागमा पञ्जीकरण गरेपछि यातायात एकाधिकार हट्ने विश्वास गरिएको छ । यसअघि गत असारसम्म २ सय ९२ यातायात समितिमा दुई लाखभन्दा बढी सवारीसाधन आबद्ध थिए । सवारी कम्पनीमा दर्ता नभई सञ्चालन हुँदा यात्रुले दु:ख पाउने गरेका छन् ।


प्रकाशित : मंसिर २९, २०७५ २०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?