कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

'डमरुलाई आक्रमण गरे बघिनी प्रतिकारमा उत्रन्छे' : प्रधानमन्त्री ओली

काठमाडौँ — प्रधानमन्त्री केपी ओलीले ‘डमरुलाई कसैले आक्रमण गर्छ भने बघिनी जतिसुकै ठुलो भीड भए पनि प्रतिकारमा उत्रने बताएका छन् । उनले गणतन्त्रका धरोहरहरुविरुद्धको दुस्प्रचारका विरुद्ध बोल्नु आफ्नो कर्तव्य भएको जिकिर गरे ।  

'डमरुलाई आक्रमण गरे बघिनी प्रतिकारमा उत्रन्छे' : प्रधानमन्त्री ओली

‘जबसम्म डमरुलाई कसैले आक्रमण गर्दैन तबसम्म बघिनी चुप लागेर बस्छे तर जब डमरुलाई कसैले आक्रमण गर्छ बघिनी जतिसुकै ठुलो भीड भए पनि प्रतिकारमा उत्रन्छे । यो उसको धर्म नै हो’ प्रधानमन्त्री ओलीले प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी महासंघ (पिपिएलए) र गणतान्त्रिक तथा प्रगतिशिल कानुन व्यवसायी संघ (आरपिएलए) को एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘कम्युनिस्ट आन्दोलन, नेकपा र सरकारका विरुद्ध हमला गर्नेहरूले यो कुरा हेक्का राख्नु पर्दछ ।


उनले प्रचार युद्धमा गणतन्त्रका धरोहरहरूलाई आक्रमण गरिएको पनि बताए । 'राष्ट्रपतिका विषयमा अनावश्यक दुस्प्रचार गरिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘यो कुनै व्यक्ति विशेष नभएर गणतन्त्रलाई नै धराशायी बनाउने योजनामा केन्द्रित छ ।’


उनले सफलतातर्फ अघि बढिरहेको सरकारका विरुद्ध अनेक किसिमका दुस्प्रचार गरिएको पनि बताए । ‘हामी अहिले असाधारण सफलताको विन्दुमा छौँ’ उनले भने, ‘तर यो सफलताको विरुद्ध भयानक प्रचार युद्ध सञ्चालनमा छ । त्यसलाई परास्त गर्नुपर्दछ ।’

बहुमत जनताको अभिमतबाट, बहुमत प्रतिनिधिले अनुमोदन गरेर बनाएको सरकार केही केहीलाई प्रिय नलाग्ने भए पनि यसले आम जनताको हितमा नै काम गर्ने प्रधानमन्त्री ओलीले दाबी गरे ।

दुई सङ्गठनको एकीकरणबाट नेपाल कानुन व्यवसायी सङ्गठन (एनएलए) को गठन गरिएको छ । सङ्गठनको संयोजकमा रुद्र नेपाल र सहसंयोजकमा दिनमणि पोख्रेल सहित ४५ सदस्यीय समिति चयन भएको छ ।

प्रकाशित : पुस १, २०७५ १४:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?