कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अभियन्ताले भत्काए श्लेष्मान्तकको कंक्रिट, ६ जना पक्राउ

काठमाडौँ — पशुपति विकास कोषले श्लेष्मान्तक वनमा राखेको कंक्रिट सम्पदा संरक्षण अभियन्ताले आइतबार भत्काएका छन् । सर्वोच्च अदालतको आदेश, पुरातत्व विभागको निर्देशनविपरीत कंक्रिटको बाटो बनाएको भन्दै अभियन्ताले भत्काएका हुन् ।

अभियन्ताले भत्काए श्लेष्मान्तकको कंक्रिट, ६ जना पक्राउ

सम्पदा रोक्न श्लेष्मान्तक पुगेका ६ अभियन्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । सम्पदा बचाउ अभियान संघर्ष समिति संयोजक गणपतिलाल श्रेष्ठ, अभियन्ता सञ्जय अधिकारी, लालिमा श्रेष्ठ, सुनिता गौतम, अर्जुन राना, पूर्णविक्रम खाणलाई महानगरीय प्रहरी प्रभाग गौशालामा राखिएको छ ।


कंक्रिट भत्काउनुअघि अभियन्ताले कोषको कार्यालयमा ज्ञापन बुझाएका थिए । अभियन्ता आउने थाहा पाएपछि कोषका सदस्य सचिव प्रदीप ढकाल, कोषाध्यक्ष मिलनकुमार थापालगायत पदाधिकारी र कार्यकारी अधिकृत रमेश उप्रेती कार्यालय छाडेर हिँडेको अभियन्ताले आरोप लगाए ।


पदाधिकारी र कार्यकारी अधिकृत नभएपछि वरिष्ठ निर्देशक श्यामशेखर झालाई झापन बुझाएका थिए । अभियन्ताले अदालतको आदेश र पुरातत्व विभागको निर्देशनसमेत विपरीत निर्माण भएकाले यसलाई रोक्न माग गरेका थिए । झा ले रोक्न नसकिने बताएपछि अभियन्ता श्लेषमान्तक गएका थिए । अभियन्ता रघुराज भण्डारीले आस्थाको धरोहर पशुपति क्षेत्र नियोजित रुपमा कुरुप बनाउन लागेको बताए । ‘अहिले बनाइरहेको संरचना तुरुन्त रोक्नु पर्छ,’ उनले भने, ‘यसलाई भत्काएर सम्पदामैत्री बनाउनु पर्छ ।’

...........................

यो पनि पढ्नुहोस्

पशुपति क्षेत्रको वनसम्पदा श्लेषमान्तकमा परिपथ बनजाउने भन्दै तीन महिना पहिला कंक्रिट राख्न लागेपछि तीव्र विरोध भएको थियो । सम्पदा संरक्षण अभियन्ता, संस्कृतिविद्, प्रकृतिविद्, संरक्षविद्का तीव्र विरोधपछि कोषले कंक्रिट बिछ्याउने काम रोकेको थियो । पुरातत्व विभागले समेत काम रोक्न आदेश दिएको थियो । फेरि कंक्रिट राखेरै काम सुरु गरेपछि त्यसलाई रोक्न माग गर्दै अभियन्ता श्लेष्मान्तक पुगेका थिए ।


श्लेषमान्तक जंगलको बीचमा रहेको विश्वरुपा मन्दिरको अगाडि बालुवा, गिटी, सिमेन्टजस्ता आधुनिक निर्माण सामग्री प्रयोग गरेर ‘वाक वे’ बनाइरहेको छ । त्यही पुरातत्वले सहमति नदिएको भन्दै रोक्न पत्राचार गरेको थियो । ‘हामीले फेरि काम सुरु गर्न अनुमति दिएका छैनां,’ पुरातत्व विभागका प्रवक्ता रामबहादुर कुँवर भन्छन् । पुरातत्व विश्व सम्पदा शाखाका अनुसार कंक्रिट रोक्न निर्देशन दिएको ठाउँ फेरि किन कंक्रिट राखेको भनेर अध्ययन गर्न टोली पठाइएको छ । टोलीले प्रतिवेदन दिएको छैन । पुरातात्विक क्षेत्रमा जथाभावी खन्ने कार्यको अभियन्ताले विरोध गरेका छन् । पशुपतिका मुख्य भण्डारी केदारमान भण्डारी भन्छन्, ‘केही गर्नै नपर्ने ठाउँमा चाहिं कंक्रिट राखेको छ । वन आफैंमा वन रहोस् । यसलाई बिगार्न पाइँदैन ।’


मृगस्थली क्षेत्र घुम्न सजिलो होस भनेर पर्यटक घुम्ने बाटो बनाउन लागेको दाबी कोषले गर्दै आएको छ । कोषका अनुसार २ करोड ९९ लाख रुपैयाँ खर्च गरेर ‘वाक वे’ बनाइँदै छ । दर्शनार्थी चिप्लिएर लड्ने समस्या भएकाले बाटो बनाएको कोषको दाबी छ ।

प्रकाशित : पुस १, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?