समाचारमा आज : प्रधानमन्त्रीको चेतावनीदेखि तारुचुकको बेवास्तासम्म

काठमाडौँ — प्रधानमन्त्री केपी ओली उखान टुक्का मिलाएर तिखो प्रहार गर्न खप्पिस छन् । त्यसैले उनले बोलेपछि धेरैलाई बिझ्छ । केही दिनअघिको उनको 'बुद्धजीवीहरुका बारेमा आफूले खुलासा गरे थुचुक्कै बस्छ' भन्ने अभिव्यले धेरैलाई बिझ्यो । बौद्धिक जमातबाट उनको विरोध भयो । तर, प्रधानमन्त्री रोकिएका छैनन् ।

समाचारमा आज : प्रधानमन्त्रीको चेतावनीदेखि तारुचुकको बेवास्तासम्म

प्रधानमन्त्रीको अर्को चेतावनी : प्रधानमन्त्री केपी ओली उखान टुक्का मिलाएर तिखो प्रहार गर्न खप्पिस छन् । त्यसैले उनले बोलेपछि धेरैलाई बिझ्छ । केही दिनअघिको उनको 'बुद्धजीवीहरुका बारेमा आफूले खुलासा गरे थुचुक्कै बस्छ' भन्ने अभिव्यक्तिले धेरैलाई बिझ्यो । बौद्धिक जमातबाट उनको विरोध भयो । तर, प्रधानमन्त्री रोकिएका छैनन् । आइतबार उनले झन् तिखो प्रहार गरेका छन्, 'डमरुलाई आक्रमण गरे बघिनी प्रतिकारमा उत्रन्छे ।' यसलाई आफ्नो आलोचनाप्रति चुप नबस्ने प्रधानमन्त्रीको अर्को चेतावनीको रूपमा धेरैले लिएका छन् । थप.......

हेलिकप्टरबाट उद्धार : मुलुकको दुर्गम भेगमा अझै पनि शिक्षा र स्वास्थ्य सहज बन्न सकेको छैन । आपतकालिन अवस्थामा उपचार दिन सक्ने अस्पतालको अभावमा दुख भोग्न बाध्य छन्, दुर्गमका बासिन्दा । यस्तो अवस्थामा हेलिकप्टरबाट उद्धार मात्र विकल्पको रूपमा रहेको छ । यस्तै अवस्था बाजुरामा देखा पर्‍यो । काँडा स्वास्थ्य चौकीमा चार दिनदेखि सुत्केरी व्यथाले छट्पटाइरहेकी १९ वर्षीया गर्भवतीलाई आइतबार बिहान हेलिकोप्टरबाट उद्धार गरी नेपालगन्ज पुर्‍याइएको छ । थप.......


काँग्रेस महासमिति बैठक जारी : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको महासमिति बैठक राजधानीमा जारी छ । शनिवार भएको उद्घाटन सत्रमै नेताहरूले एकअर्काको आलोचना गरेर चर्चामा आएको बैठकमा आइतबार प्रतिवेदनहरू प्रस्तुत भएका छन् । बैठकमा महामन्त्री डा. शशाङ्क कोइरालाले पार्टीको सङ्गठन सम्बन्धी प्रस्ताव, सहमहामन्त्री प्रकाशसरण महतले आर्थिक प्रस्ताव र कोषाध्यक्ष सीतादेवी यादवले कोषाध्यक्षको प्रतिवेदन पेस गरेका छन् । ती प्रतिवेदनहरूमाथि छलफल सुरु भएको छ । थप......


खेर गइरहेको बहुमूल्य 'तारुचुक' : राजनीतिकर्मी र नीति निर्माताहरू भट्याइरहन्छन्, नेपालमा जडीबुटीको प्रचुर सम्भावना छ । तर, उनीहरूको भनाई नीति र योजनाहरूमा भने प्रतिबिम्बित हुँदैनन् । यदि हूँदो हो त बझाङमा प्रशस्त पाइने औषधीय महत्त्व बोकेको 'तारुचुक' जङ्गलमै कुहिँदैनथ्यो । स्थानीयले यसको औषधीय र घरायसी प्रयोग गर्दै आए पनि यसको व्यावसायिक प्रवर्द्धन भने हुन सकेको छैन । थप......


भत्काइए कंक्रिट संरचना : मुलुकको सम्पदाहरु जोखिममा छन्, जथाभाबी निर्माणले । यस्तै जोखिममा अहिले विश्व सम्पदा सूचीमा रहेको पशुपति क्षेत्र पनि परेको छ । युनेस्कोलेसमेत पटक पटक सूचिबाट हटाउन सकिने भनेर चेतावनी दिँदा पनि त्यहाँ कंक्रिटको संरचना बनाउन छाडिएको छैन । अहिले पशुपति विकास कोषले श्लेष्मान्तक वनको बाटोमा कंक्रिट बिछ्याइरहेको छ । आइतबार त्यही कंक्रिटलाई सम्पदा संरक्षणमा लागेका अभियन्ताहरूले भत्काइदिएका छन् । थप.........


प्रकाशित : पुस १, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?