निर्मलाका बुबा डिस्चार्ज

काठमाडौँ — बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तका बुबा यज्ञराज पन्त त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट आइतबार डिस्चार्ज भएका छन् । तीन साता लामो उपचारपछि पन्त पूर्ण रूपमा स्वस्थ भएकाले डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

निर्मलाका बुबा डिस्चार्ज

छोरीको हत्यारा पत्ता लगाई कानुनी कारबाही गर्न सरकारसमक्ष माग राखी अनशनमा बसेका पन्तको स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि काठमाडौं ल्याइएको थियो । उनलाई मंसिर ९ मा भर्ना गरिएको थियो । अस्पतालका अनुसार पन्तमा मानसिक तनाव बढी देखिएको र थाइराइडको समस्या थियो ।

प्रकाशित : पुस १, २०७५ २१:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?