२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

राष्ट्रपतिद्वारा संसद्को तेस्रो अधिवेशन आह्वान

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को तेस्रो अधिवेशन आह्वान गरेकी छन् । यही पुस ११ गते अपराह्न ४ बजेका लागि राष्ट्रपति भण्डारीले संसद् अधिवेशन बोलाएकी हुन् ।

राष्ट्रपतिद्वारा संसद्को तेस्रो अधिवेशन आह्वान

राष्ट्रपति कार्यालयबाट अधिवेशन आह्वानसम्बन्धी पत्र मंगलबार संसद् सचिवालयमा दर्ता भएको छ । सचिवालयले संसद् बैठक तयारी सुरु गरिसकेको छ । भोलि (बुधबार) बैठकबारे सूचना जारी गर्ने सचिवालयले जनाएको छ ।


संविधानसँग बाझिएका ३ सय ३९ ऐनमध्ये १ सय ७४ वटा संसद्ले परिमार्जन गर्नुपर्नेछ । १ सय ७४ मध्ये पनि ३६ वटा नयाँ कानुन बनाउनुपर्ने संसद् सचिवालयले बताएको छ । सरकारले तत्काल नयाँ विधेयक उपलब्ध नगराए पनि अधिवेशन विजनेसविहीन हुने छैन । गत दोस्रो अधिवेशनमा टुंग्याउन बाँकी ८ विधेयक संसद्‌मा छन् । सरकारले एक सय ६० भन्दा बढी ऐन फागुन २० भित्र बनाइसक्नु पर्नेछ ।

संसद्‌को दोस्रो अधिवेशन असोज ११ गते अन्त्य भएको थियो ।

प्रकाशित : पुस ३, २०७५ १५:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?