१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

कांग्रेसको पदाधिकारी विवाद मिल्यो

काठमाडौँ — कांग्रेसमा ८ सदस्यीय पदाधिकारी राख्ने गरी मंगलबार नेताहरुबीच सहमति जुटेको छ । जसमा एक सभापति, २/२ जना उपसभापति, महामन्त्र, सहमहामन्त्री र एक जना कोषाध्यक्ष रहनेछन् । 

कांग्रेसको पदाधिकारी विवाद मिल्यो

कोषाध्यक्ष बाहेक सबै पदाधिकारी अब महाधिवेशनबाटै निर्वाचित हुने केन्द्रीय सदस्य अर्जुननर सिंह केसीले जानकारी दिए । यसअघि उपसभापति, १ महामन्त्री र सह-महामन्त्री सभापतिबाट मनोनयन गर्ने व्यवस्था थियो ।


कोषाध्यक्ष निर्वाचित हुने प्रावधान थियो । अब कोषाध्यक्ष भने सभापतिको प्रस्तावमा निर्वाचित केन्द्रीय कार्यसमितिबाट अनुमोदन हुने नयाँ प्रावधान राखिएको छ । सबै पदाधिकारी निर्वाचन गर्ने कि नगर्ने भन्नेमा नेताहरुबीच लामो समय विवाद चल्दै आएको थियो ।


जुन विवादका कारण महासमिति बैठक सुरु भएको चौधो दिनसम्म पनि विधानको मस्यौदा प्रस्तुत हुन सकेको थिएन।


नेताहरुबीच एको सहमति केन्द्रीय कार्यसमितिको बैठक बोलाएर अनुमोदन गर्ने तयारी छ । केन्द्रीय कार्यसमितिले अनुमोदन गरेपछि मंगलबारको महासमिति बैठकमा विधान मस्यौदा प्रस्तुत गरिने छ ।

प्रकाशित : पुस ३, २०७५ १९:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?