३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत, जुम्लाका मात्रै ११ जना [अपडेट]

१२ घाइतेलाई हेलिकोप्टरबाट काठमाडौं लगियो
दुर्गालाल केसी

दाङ — शैक्षिक भ्रमणको बस दुर्घटना हुँदा मृत्यु भएका २३ जनाकै सनाखत भएको छ । मृत्यु हुनेमा सबैभन्दा धेरै जुम्लाका ११ छन् । त्यस्तै दाङका ६ तथा जाजरकोट, बाजुरा, बझाङ, कञ्चनपुर, डोल्पा र रुकुम पूर्वका १/१ जना छन् ।

दाङ बस दुर्घटनाका मृतक सबैको सनाखत, जुम्लाका मात्रै ११ जना [अपडेट]

मृतकहरु

  1. गाडी चालक घोराही उपमहानगरपालिका ३ का मदन केसी
  2. सहचालक तुलसीपुर उपमहानगरपालिका १८ हेमन्पुरका गणेश बिक
  3. कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षकहरु घोराही १७ का प्रदीप घिमिरे
  4. भूमे गाउँपालिका ६ पूर्वी रुकुमका नरेश ओली
  5. जुम्लाको चन्दननाथ नगरपालिका ३ का अर्जुन शाही
  6. चन्दननाथ १० का बिपना खत्री
  7. चन्दननाथ १० का रुपेश शाही
  8. चन्दननाथ १४ का रितेन्द्र शाही
  9. चन्दननाथ ५ का देवीप्रसाद उपाध्याय
  10. चन्दननाथ ३ का हिक्मत बोहोरा
  11. चन्दननाथ ६ की कुसुम रावल
  12. हिमा गाउँपालिका ५ की सैलजा शाही
  13. तिला गाउँपालिका १ का जंगबहादुर बिक
  14. तिला ३ का रमेश उपाध्याय
  15. कन्कासुन्दरी गाउँपालिका ५ का वीरेन्द्र कन्डरा
  16. दाङको दंशिशरण गाउँपालिका १ का सञ्जित रत्गैया
  17. घोराही १४ का विजय जिएम
  18. बबई गाउँपालिका ५ की कविता खत्री
  19. जाजरकोटको खलंगा नगरपालिका ४ का आतिश नेपाली
  20. डोल्पाको गजदुल्ला गाउँपालिका ६ का गजेन्द्र एैडी
  21. कञ्चनपुरको कृष्णनगर नगरपालिका ५ का खेमराज भट्ट
  22. बझाङको जयपृथ्वी नगरपालिकाका महेश जोशी
  23. बाजुराको बुढीगंगा गाउँपालिका १० का लोकेन्द्र रावल


जुम्लाका सात शव हेलिकोप्टरबाट पठाइएको जिल्ला प्रहरी प्रमुख एस्पी बेलबहादुर पाण्डेले बताए । दुर्घटनाका १४ घाइतेमध्ये १२ जनालाई नेपालगञ्जबाट हेलिकोप्टरमार्फत काठमाण्डौ लगिएको छ । एक जनाको कोहलपुर मेडिकल कलेजमै उपचार भैरहेको र एक जना उपचारपछि घर फर्किसकेको एस्पी पाण्डेले जानकारी दिएका छन् ।


घोराहीस्थित कृष्णसेन ईच्छुक पोलिटेक्निक ईन्स्टिच्युटका शिक्षक बिद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस शुक्रबार बेलुका पौने पाँच बजे राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना भएको थियो । तिब्र गती र कठिन सडकका कारण घुम्तीमा बस नियन्त्रण गर्न नसक्दा दुर्घटना भएको हुनसक्ने एस्पी पाण्डेले बताएका छन् । वन विज्ञान अध्ययनरत बिद्यार्थी र शिक्षकहरु प्रयोगात्मक अभ्यासका लागि सल्यानको कपुरकोटस्थि वनस्पती उद्यानको अवलोनका लागि शुक्रबार विहान गएका थिए । बेलुकापख फर्कने क्रममा दुर्घटना हुँदा बस सडकदेखि सात सय मिटर तल भिरमा खसेको थियो ।


दुर्घटनामा ९ पुरुष र ५ महिला गरी १४ जना घाइते भएका थिए । घाइते हुनेमा बंगलाचुली गाउँपालिका १ दाङकी १६ बर्षीया मनिका रिजाल, जुम्लाको चन्दननाथ नगरपालिका ३ का १६ बर्षीय कुशेन्द्र खत्री, चन्दननाथ २ का १७ बर्षीय जीवन भण्डारी, अछामको मंलगसेन नगरपालिकाका १९ बर्षीय युवराज ढुंगाना, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ बर्षीया रोजिना पुन र हुम्लाका २० बर्षीय बिरेन्द्र बटाला रहेका छन् ।


यसैगरी घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका ४ की १८ बर्षीया हिमाली हमाल, जुम्लाकै चन्दननाथ नगरपालिका ४ की १६ बर्षीया पर्सा रोकाया, टिकापुर नगरपालिका ८ कैलालीकी १७ बर्षीया समिक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ बर्षीय बिक्रम भण्डारी र पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका ३ का १६ बर्षीय प्रेम बहादुर खड्का छन् ।


यसैगरी घोराही १४ का १८ बर्षीय सञ्जय खनाल, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका १० अर्माका १६ बर्षीय राजन डाँगी, अछामको मंगलसेन नगरपालिका ५ का १६ बर्षीय भद्र बिष्ट र परिवर्तन गाउँपालिका ४ रोल्पाका १७ बर्षीय प्रकाश वली घाइते भएका छन् । गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।

.....

दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुकी भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या २३ पुगेको छ । १४ जना गम्भिर घाइते छन् । मृतक मध्ये १२ जनाको सनाखत भएको छ ।


कृष्णसेन ईच्छुक पोलिटेक्निकल इनिष्टिच्यूडका विद्यार्थी चढेको बा ४ ख ९७६६ नम्बरको बस राम्रीमा दुर्घटना भएकाे हाे ।


दुर्घटनाका १९ पुरुष र ४ महिलाको मृत्यु भएको छ । घोराही उपमहानगरपालिका १७ गैरागाउँस्थित सहिद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालयका वन वातवरणका विद्यार्थी सल्यानको मूलपानीमा रहेको वनस्पती उद्यानको अध्ययन गरेर फर्कने क्रममा बस दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।


मृत्यु हुनेमा बसचालक घोराही उपमहानगरपालिका ३ का मदन खत्री क्षेत्री, शिक्षालयका शिक्षकहरु घोराही उपमहानगरपालिका १७ का २८ वर्षीय प्रदिप घिमिरे, रुकुम भुमे गाउँपालिका ६ का २८ वर्षीय नरेश वली, विद्यार्थीहरु घोराही उपमहानगरपालिका १४ घोराहीका १९ वर्षीय विजय घर्ती, बबई गाउँपालिका ५ का २१ वर्षीय बबिता खत्री, दंगिशरण गाउँपालिका १ का २० वर्षीय सञ्जीत रत्गैयाँ, जुम्ला चन्दननाथ नगरपालिका ६ का १६ वर्षीया कुशुम रावल, जाजरकोट भेरीगंगा नगरपालिका ४ का १७ वर्षीय आतिस नेपाली, कञ्चनपुर कृष्णपुर नगरपालिका ५ का १७ वर्षीय खेमराज भट्टको मृत्यु भएको छ ।


त्यसैगरी, जुम्ला चन्दननाथ नगरपालिका ३ का १७ वर्षीय हिम्मत बोहरा, जुम्ला कन्कासुन्दरी गाउँपालिका ५ का २० वर्षीय विरेन्द्र कन्डरा र जुम्ला हिमा गाउँपालिका ५ का १७ वर्षीया शैलजा शाहीको पनि दुर्घटनामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।


दुर्घटनामा गम्भिर घाइतेहरुको कोहलपुर र नेपालगञ्जमा उपचार भइरहेको छ । बसमा ३३ विद्यार्थी, २ शिक्षक र बसका २ जना स्टाप गरि ३७ जना रहेको बुझिएको छ । दुर्घटनाको एकिन कारण भने खुल्न सकेको छैन् ।

........................

राप्ती राजमार्ग अन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका शैक्षिक भ्रमणमा गएको बस दुर्घटनामा मृत्यु हुनेकाे स‌ंख्या २३ पुगेकाे छ । ती मध्ये ६ जनाकाे मात्रै सनाखत भएकाे छ ।

मृत्यु हुनेमा १९ पुरुष र ४ महिला छन् । दुर्घटनामा घाइते ९ पुरुष र ५ महिला गरी १४ जनाकाे नेपालगञ्जमा उपचार भइरहेकाे छ ।


नेपालगञ्ज शिक्षण अस्पतालमा उपचाररत २ जना मध्ये जुम्लाका बिरेन्द्र कडालाकाे शनिबार बिहान मृत्यु भएकाे हाे । घाइते मध्ये १३ जनाकाे काेहलपुरस्थित शिक्षण अस्पतालमा उपचार भइरहेकाे छ ।


मृतकहरुमा गाडी चालक घोराही उपमहानगरपालिका ३ का ३२ वर्षीय मदन केसी, कृष्णसेन ‘इच्छुक’ बहुप्राबिधिक शिक्षालयका शिक्षकहरु घोराही १७ का २८ वर्षीय प्रदिप घिमिरे र भूमे गाउँपालिका ६ रुकुमपूर्वका २८ वर्षीय नरेश ओली तथा दंशिशरण गाउँपालिका १ दाङका ३० वर्षीय सञ्जिव रत्गैया र घोराही १४ का १७ वर्षीय बिजय जिएमको सनाखत भएको छ । अन्यको सनाखत हुन बाँकी छ ।


गाडीमा ३४ बिद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना सवार रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ । सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको थियो । बस टुक्राटुक्रा भएको र भिरालो भूगोल भएका कारण उद्धारमा समस्या भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन् । रातीको समय भएकाले सबै विवरण संकलनमा समस्या भएको र घटनाको कारण थाहा हुन नसकेको उनले बताए ।


घटनास्थल तुलसीपुर बजारदेखि करिव १२ किलोमिटर उत्तरमा पर्छ । तुलसीपुर र कपुरकोटको बीचमा पर्ने राम्री दाङ र सल्यानको सिमा क्षेत्र नजिक पर्छ । साँघुरो र भिरालो पहाडी भेग भएकाले दुर्घटनापछि उद्धारमा निकै समस्या भएको शाहीले बताएका छन् । राती अवेरसम्म पनि उद्धार चलेको थियो । प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालसहित जिल्लाका सुरक्षा अधिकारी र सबै सुरक्षा अंगहरु उद्धारका लागि परिचालन गरिएको थियो ।


यसैवर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक बहुप्राबिधिक शिक्षालयका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको हो । घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु सल्यानको कपुरकोटमा वनस्पती विषयको प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए । फर्कने क्रममा गाडी दुर्घटना भएको शाहीले बताएका छन् ।


घाइते हुनेमा बंगलाचुली गाउँपालिका १ दाङकी १६ वर्षीया मनिका रिजाल, जुम्लाको चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ २ का १७ वर्षीय जीवन भण्डारी, अछामको मंलगसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना, पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन र हुम्लाका २० वर्षीय बिरेन्द्र बटाला रहेका छन् ।


यसैगरी घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाकै चन्दननाथ नगरपालिका ४ की १६ वर्षीया पर्सा रोकाया, टिकापुर नगरपालिका ८ कैलालीकी १७ वर्षीया समिक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय विक्रम भण्डारी र पश्चिम रुकुमको त्रिबेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेम बहादुर खड्का छन् ।


यसैगरी घोराही १४ का १८ वर्षीय सञ्जय खनाल, पश्चिम रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछामको मंगलसेन नगरपालिका ५ का १६ वर्षीय भद्र बिष्ट र परिवर्तन गाउँपालिका ४ रोल्पाका १७ बर्षीय प्रकाश वली घाइते भएका छन् ।


....................................

शैक्षिक भ्रमण गरी सल्यानबाट दाङ फर्किरहेको बस शुक्रबार साँझ तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा सडकबाट खस्दा कम्तीमा १६ जनाको मृत्यु भएको छ । घटनास्थलमा १३ पुरुष र ३ महिलाको शव फेला परेको छ । अबेरसम्म मृतकको सनाखत हुन सकेको छैन ।

१० पुरुष र ५ महिला घाइते छन् । अन्य ६ जनाको खोजी भइरहेको प्रहरीले बताएको छ । बसमा ३४ विद्यार्थी, दुई शिक्षक र एक चालक गरी ३७ जना थिए ।


यसै वर्षदेखि घोराहीमा सञ्चालित कृष्ण सेन इच्छुक पोलिटेक्निकल इन्स्टिच्युटका वनविज्ञान विषयका विद्यार्थी र शिक्षक सल्यानको छायाछेत्रमा वनस्पतिसम्बन्धी प्रयोगात्मक अभ्यासका लागि शुक्रबार बिहान गएका थिए । फर्कने क्रममा बा४ख ९७६६ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेको हो ।

साँघुरो र भिरालो पहाडमा बस टुक्राटुक्रा भएकाले उद्धारमा कठिनाइ भएको घटनास्थलमा खटिएका इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी प्रेमबहादुर शाहीले बताए । ‘रातिको समय भएकाले सबै विवरण संकलनमा समस्या भएको छ,’ उनले भने, ‘अबेरसम्म घटनाको कारण थाहा हुन सकेको छैन ।’ घटनास्थल तुलसीपुर बजारदेखि करिब १२ किमि उत्तरमा पर्छ । तुलसीपुर र कपूरकोटको बीचमा पर्ने राम्री दाङ र सल्यानको सीमाक्षेत्रनजिक हो ।


घाइतेमध्ये गम्भीर अवस्थाकी घोराही–१९ सैघाकी १७ वर्षीया मेनुका रिजाल, जुम्ला चन्दनाथ गाउँपालिका–३ का १६ वर्षीय कुशेन्द्र खत्री, चन्दनाथ–२ का १७ वर्षीय जीवन भण्डारी, अछाम मंगलसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगाना, पश्चिम रुकुम सानोभेरी गाउँपालिका–३ की १६ वर्षीया रोजिना पुन र एक नाम नखुलेका १६ वर्षीय युवालाई नेपालगन्ज रिफर गरिएको छ । अन्य घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइते अधिकांश विद्यार्थी छन् ।


घाइते अन्यमा जुम्ला तातोपानी गाउँपालिका–१४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाकै चन्दनाथ–४ की १६ वर्षीया पर्सा रोकाया, दाङ घोराही उपमहानगरपालिका–१५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछाम मंगलसेन नगरपालिकाका–१८ वर्षीय विक्रम भण्डारी, पश्चिम रुकुम त्रिवेणी गाउँपालिका–३ का १६ वर्षीय प्रेमबहादुर खडका, घोराही–१४ का १८ वर्षीय सञ्जय खनाल, पश्चिम रुकुम अर्माका १९ वर्षीय राजन डाँगी, अछाम मंगलसेन–५ का १६ वर्षीय भद्र विष्ट र रोल्पाका १७ वर्षीय प्रकाश वली छन् ।

..............


शैक्षिक भ्रमणमा गएको बस शुक्रबार साँझ राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

अहिलेसम्म १३ पुरुष र ३ महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।


दुर्घटनामा ५ पुरुष र ५ महिला गरी १० जना घाइते छन् । घाइतेमध्ये घोराही १९ सैघाकी १७ वर्षीया मेनुका रिजाललाई नेपालगञ्ज रिफर गरिएको छ । अछामको मंलगसेन नगरपालिकाका १९ वर्षीय युवराज ढुंगानाको चिन्तानजनक रहेको प्रहरीले जनाएको छ । घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको जिल्ला प्रहरी प्रमुख एसपी पाण्डेले बताए । घाइते अधिकांश विद्यार्थी हुन् ।


घाइते हुनेहरुमा जुम्लाको तातोपानी गाउँपालिका १४ की १८ वर्षीया हिमाली हमाल, जुम्लाको चन्दनाथ गाउँपालिका ३ का १६ वर्षीय कुशेन्द्र खत्री, २ का १७ वर्षीय जीवन भण्डारी ४ की १६ वर्षीया पर्सा रोकाया, दाङको घोराही उपमहानगरपालिका १५ रतनपुरकी १७ वर्षीया समीक्षा रोकाया, अछामको मंगलसेन नगरपालिकाका १८ वर्षीय बिक्रम भण्डारी, पश्चिम रुकुमको त्रिवेणी गाउँपालिका ३ का १६ वर्षीय प्रेमबहादुर खड्का र पश्चिम रुकुमको सानोभेरी गाउँपालिका ३ की १६ वर्षीया रोजिना पुन छन् ।


सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताएका छन् । कृष्णसेन ईच्छुक पोलिटेक्निकल ईन्स्टिच्यूटका शिक्षक विद्यार्थी शैक्षिक भ्रमणका लागि चढेको गाडी दुर्घटना भएको उनले जानकारी दिएका छन् । उक्त इन्स्टिच्युट यसै वर्षदेखि घोराहीमा सञ्चालन भएको हो ।


घोराही उपमहानगरपालिका १७ गैरागाउँमा सञ्चालित कलेजमा वन विज्ञान अध्ययनरत विद्यार्थी र शिक्षकहरु स्थलगत अवलोकनका लागि शुक्रबार बिहान कपुरकोट गएका थिए । फर्कने क्रममा गाडी दुर्घटना भएको डिएसपी शाहीले बताए ।

.............

राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या १० पुगेको छ । उद्धार जारी रहेकोले मृतकको संख्या बढ्न सक्ने जिल्ला प्रहरीले जनाएको छ ।

अहिलेसम्म नौ पुरुष र एक महिलाको शव फेला परेको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।घटनामा तीन महिला र एक पुरुष घाइते भएका छन् । घाइतेको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ । घाइतेहरुको पनि नाम, थर खुलेको छैन ।


सल्यानबाट दाङतर्फ आउँदै गरेको बा ४ ख ९७६६ नम्बरको बस तुलसीपुर–सल्यान सडक खण्डअन्तर्गत राम्रीमा सडकबाट करिब ७ सय मिटर तल खसेको घटनास्थलमा रहेका ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएसपी प्रेमबहादुर शाहीले बताए । उद्धारका लागि तुलसीपुर र घोराहीबाट प्रहरी खटिएका छन् ।


रातको समय र कठिन भूगोल भएकाले उद्धारमा कठिनाई भइरहेको उनले बताएका छन् । बसमा अधिकांश विद्यार्थी र शिक्षक सवार रहेको बुझिएको छ ।


.............

राप्ती राजमार्गअन्तर्गत दाङको तुलसीपुर उपमहानगरपालिका ३ राम्रीमा शुक्रबार बेलुका बस दुर्घटना हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको छ । अहिले उद्धार कार्य जारी रहेको जिल्ला प्रहरीले जनाएको छ ।

अहिलेसम्म आठ पुरुष र एक महिलाको शव फेला परेको प्रहरीले जानकारी दिएको छ । मृतकहरुको सनाखत हुन बाँकी छ ।


सल्यानबाट दाङतर्फ आउँदै गरेको विद्यार्थी र शिक्षक चढेको बा ४ ख ९७६६ नम्बरको बस सडकबाट ७ सय मिटर तल खसेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका डिएस्पी प्रेमबहादुर शाहीले बताएका छन् । घटनास्थलमा १९ जनाको प्रहरी टोली खटेर घाइते र मृतकहरुको खोजी गरिरहेको उनले जानकारी दिएका छन् ।

प्रकाशित : पुस ६, २०७५ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?