१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

खम्बुवानले हतियार बुझायो 

वेदराज पौडेल

इनरुवा,सुनसरी — पूर्वी पहाडी जिल्लालाई केन्द्रबिन्दु बनाएर ८ वर्षदेखि संघर्षरत खम्बुवान मुक्ति मोर्चा संयुक्तले सरकारी वार्ता टोलीलाई हतियार बुझाएको छ । अबका दिनमा मोर्चाले शान्तिपूर्ण राजनीतिलाई अवलम्बन गर्नेछ । 

खम्बुवानले हतियार बुझायो 

जिल्ला प्रशासन कार्यालय सुनसरीमा शनिवार सरकारी वार्ताटोली संयोजक सोमप्रसाद पाण्डेलाई खम्बुवान मुक्ति मोर्चा संयुक्तका संयोजक डेविट खम्बुले पाँच थान भरुवा बन्दुक र एक थान पेस्तोल बुझाएर वर्तमान संविधानको प्रावधानलाई स्वीकार्दै शान्तिपूर्ण राजनीतिमा फर्किएको बताएका छन् । मोर्चाका तर्फबाट उनीसँगै प्रकाश रसाइली, जीवन रेग्मी र सुवास लिम्बु सहभागी थिए ।


यसै गरी तराई मुक्ति मोर्चाले शान्तिपूर्ण राजनीतिलाई अंगाल्दै एक थान कटुवा पेस्तोल समेत वार्ता टोलीलाई बुझाएको छ । मोर्चाका वार्ताटोली संयोजक विनोदकुमार यादव सहितको टोलीले एक थान कटुवा पेस्तोल बुझाएको हो ।


मोरङ जिल्ला प्रशासनमा गत २७ गते वार्ता टोली समक्ष सहमति गरी मोर्चा शान्तिपूर्ण राजनीतिमा फर्किएको थियो ।


२०७५ भदौ ८ गते सरकारले असन्तुष्ट समुहसँग वार्ता गर्न र अघिल्ला वार्ताटोलीले गर्न बाँकी रहेका काम पुरा गर्न पाण्डेको संयोजकत्वमा तीन सदस्यीय उच्च स्तरीय राजनीतिक वार्ता टोली गठन गरेको थियो ।


अघिल्लो वार्ता टोलीका संयोजक आनन्द ढुंगानाले पहिचान गरेका सशस्त्र २२ समूह मध्ये १८ वटा र थप ५ गरी २३ समूहको पहिचान गरिएको पाण्डेले बताए ।


उनका अनुसार सीके राउत र विप्लव बाहेकको समुहहरुसँग सार्थक वार्ता गरिएको छ । जसबाट २३ वटा समूह शान्ति प्रक्रियामा आइसकेका छन् । वार्ता टोलीको म्याद पुस ११ गते सकिदैछ ।

प्रकाशित : पुस ७, २०७५ १२:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?