कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

कांग्रेसमा धर्मकाे विवाद ल्याउनु हुँदैन : पौडेल

प्रताप रानामगर

दमौली — नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीमा कृपावादको अन्त्य भएको बताएका छन् ।

कांग्रेसमा धर्मकाे विवाद ल्याउनु हुँदैन : पौडेल

तनहुँको दमौलीमा आइतबार आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले महासमिति बैठकले कांग्रेसमा कृपावादको अन्त्य भएको बताएका हुन । ‘पार्टीमा कृपावाद थियो । अब यसको अन्त्य भएको छ,’ उनले भने । महासमिति बैठकले पदाधिकारी निर्वाचित हुने निर्णय गरेकाले पार्टीमा कृपावादका अन्त्य गरेको उनले बताए ।


महासमिति बैठकले पार्टीमा लोकतन्त्रको सुदृढीकरण गरेको दाबी गर्दै यसले पार्टीमा आन्तरिक लोकतन्त्रलाई सबल बनाएको उनले बताए । पार्टीको विधान लोकतान्त्रिक र समावेशी बनेकाले महासमितिको बैठक गौरवपूर्ण उपलब्धी भएको पौडेलले बताए ।


दमौलीस्थित सत्यवती माविको बार्षिकोत्सवको उद्घाटन गर्न गृह जिल्ला आएका नेता पौडेलले पार्टीमा धर्मको विवाद आउन नहुने तर्क गरेका छन् । ‘पार्टीलाई धर्मको विवादमा ल्याउनु हुँदैन,’ उनले भने । नेपालमा जुनसुकै धर्म मान्न पनि स्वतन्त्रता भएको बताउँदै धर्मको विषयमा धेरै विवाद चर्काउनु उचित नभएको बताए ।


सरकारको कार्यशैली बारे पत्रकारहरुको जिज्ञासमा नेता पौडेलले अहिलेको सरकार नालायक भएको टिप्पणी गरे । नेकपाभित्र सरकारको कार्यशैली आलोचना भइरहेकाले प्रतिपक्षले केही बोल्न नपरेको उनले बताए ।

प्रकाशित : पुस ८, २०७५ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?