कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

दशगजामा सडक निर्माण रोकियो, पुर्न सुरु

देवनारायण साह

मोरङ — जहदा गाउँपालिका १ कालाबञ्जरस्थित दशगजामा भारतीयले बनाएको सडक पुर्न थालिएको छ । स्थानीय र सशस्त्र प्रहरीको पहलमा दशगजामा बनाइएको सडक पुर्न सुरु गरिएको हो ।

दशगजामा सडक निर्माण रोकियो, पुर्न सुरु

भारतीय सीमा सुरक्षा बल ५६ बटालियनका डेपुटी कमाण्डेन मनिन्द्रकुमार सिंहसँग समन्वय गरेर सडक हटाउन सुरु गरेको सशस्त्र प्रहरी बल नेपाल गण हेडक्वाटर मोरङ नम्बर ३ का गणपति सशस्त्र प्रहरी उपरीक्षक मनिष थापाले बताए । दशगजाको समस्या समाधान गर्न प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले सोमबार निर्देशन दिएका थिए । उनले भारतीय सीमा सुरक्षा बल बोर्डर आउट पोष्ट आमगाछीमा समन्वय गर्न सशस्त्र प्रहरी सुरक्षा बेस बुधनगरको टोली खटाई दशगजाबाट सडक हटाउन सहमत गराएको बताए ।


‘डेपुटी कमाण्डेन सिंहले सडक निर्माण गर्नेहरुलाई दशगजाको बारेमा सम्झाएपछि स्थानीयले पनि सडक हटाउनेमा सहमत भए,’ उनले भने, ‘त्यसपछि तत्काल भारतीय ठेक्केदारको एक्जाभेटर ल्याएर बिहान ९:४५ बजेदेखि सडक पुर्ने काम सुरु गरिएको छ ।’ मंगलबार अबेर रातिसम्ममा सडक पुरिसक्ने गरी काम भइरहेको उनले बताए ।


दशगजा क्षेत्र 'नो म्यान्स ल्याण्ड' भएकोले भारत र नेपाल कुनै पक्षका बासिन्दाले केही गर्न पाउँदैन । सशस्त्र प्रहरी उपरीक्षक थापाले दशगजालाई पूर्ण रुपमा सुरक्षित राख्ने आफूहरुको दायित्वअनुसार भारतीय डेपुटी कमाण्डेन सिंहसँग संयुक्त गस्ती गर्नबारेमा समेत सहमति भएको बताए ।


जहदा गाउँपालिका १ का अध्यक्ष प्रदीपचन्द यादवले दशगजामा भारतीयले निर्माण थालेको सडक सहमतिमै हटाउन सफल भएको बताए ।


भारतको विधायक मनचन केसरीको विधायक फण्डबाट उक्त सडक निर्माण सुरु गरिएको थियो । भारतको विहार राज्यको अररिया जिल्ला कुशमाहा ग्रामपञ्चायत ४ को आमगाछी मुसहरी बस्तीबाट दशगजामा रहेको १७४/२ नम्बरको चारपाटे पिलरभन्दा ५ सय मिटर वरसम्म एक्जाभेटरले खनेर सडक निर्माण गरेको थियो ।

यो पनि पढ्नुहोस् : दशगजामा भारतीय पक्षद्वारा सडक निर्माण

प्रकाशित : पुस १०, २०७५ १७:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?