कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

यस्तो छ सहरी विकासले बनाउने तीन संरचनाको डिजाइन, राष्ट्रपति कार्यालयको गुरुयोजना तयार

दीपेन्द्र विष्ट

काठमाडौँ — सहरी विकासमन्त्रालयले सङ्घीय संसद्, अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र र प्रधानमन्त्री केपी ओलीको गृह जिल्लामा बन्ने 'दमक भ्यू टावर' को प्रारम्भिक अवधारण डिजाइन सार्वजनिक गरेको छ ।

यस्तो छ सहरी विकासले बनाउने तीन संरचनाको डिजाइन, राष्ट्रपति कार्यालयको गुरुयोजना तयार

बुधवार आयोजित पत्रकार सम्मेलनमा सहरी विकासमन्त्री मोहम्मद इशतियाक राई दिएको जानकारी अनुसार सिंहदरबारको पुतली बगैँचामा सङ्घीय संसद्को भवन निर्माण लागि पनि काम भइरहेको छ । संसद् भवनको माघ मसान्तसम्म डिजाइन सम्पन्न गरिने छ । २०७८ असार मसान्तसम्म निर्माण कार्य सम्पन्न हुने गरी काम सुरु गर्ने पनि उनले बताए ।


त्यसै गरी भक्तपुरमा बन्ने भनेको पाँच हजार क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको प्रारम्भिक अवधारण डिजाइन पनि मन्त्रालयले सार्वजनिक गरेको छ । प्रतियोगिताबाट डिजाइन माग गरिएको भन्दै उनले लिच्छवी, मल्लकालीन झल्को दिने भवन निर्माण गरिने मन्त्री राईले बताए । सानोठिमीस्थित नेपाल पर्यटन बोर्डको १ सय ८९ रोपनी जग्गामा उक्त भवन निर्माण गरिनेछ । यो भवनको २०७९ असारमा निर्माण सम्पन्न हुने पनि उनले बताए ।


सिंहदरवारको पुतली बगैँचामा बन्ने संघीय संसदको भवन ।


त्यसै गरी करिब २ अर्ब रुपैयाँको लागतमा प्रधानमन्त्री केपी ओलीको गृह नगर झापाको दमकमा १ सय मिटर अग्लो ‘दमक भ्यू टावर’ निर्माण गरिने भएको छ । २०७८ फाल्गुन मसान्तसम्म निर्माण कार्य सम्पन्न गर्ने कार्यतालिका बनाएको मन्त्रालयले जनाएको छ ।


प्रधानमन्त्री केपी ओलीको गृह नगरमा दमकमा निर्माण हुने ‘दमक भ्यू टावर’ ।


राष्ट्रपति कार्यालयको गुरुयोजना तयार


सहरी विकास मन्त्रालयले राष्ट्रपति कार्यालयको गुरु योजना पनि तयार भएको जनाएको छ । मन्त्री राईले करिब तीन वर्षभित्र सम्पन्न हुने गरी गुरु योजना तयार भएको जानकारी दिए । ‘गुरुयोजना तयार भएको छ, त्यसबारे थप छलफल पनि जारी छ’ उनले भने, ‘माघ मसान्तभित्र सम्पूर्ण खाका तयार हुन्छ ।’

करिब २ सय २२ रोपनीमा निर्माण हुने उक्त कार्यालयमा पाहुना घर, हेलिप्याड, परेड खेल्ने मैदान, लाइव्रेरी, स्वास्थ्य केन्द्र, मिटिङ हल निर्माण गरिनेछ । त्यसैगरि स्विमीङपुल, सेरोमोनियल गेट, गार्ड अफ अनर दिने मैदान, चिल्ड्रेन पार्क, कर्मचारी तथा कामदार आवास गृह र पार्किङ स्थल निर्माण गरिनेछ ।

‘प्रारम्भिक अध्ययन अनुसार यी संरचना बनाउँछौँ’ उनले भने, ‘तर काम लाग्ने संरचना भत्काउँदैनौं ।’ २०७६ फागुन मसान्तदेखि निर्माण कार्य सुरु गर्ने उनले बताए ।

प्रकाशित : पुस ११, २०७५ १९:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?