वाइडबडी खरिद र रकम भुक्तानीमा मन्त्रीले झूटो बोले : महालेखा परीक्षक शर्मा
काठमाडौँ — महालेखा परीक्षकको कार्यालयले नेपाल वायुसेवा निगमको वाइडबडी विमान खरिद र रकम भुक्तानीका क्रममा कुनै निकायलाई राय, सल्लाह र सुझाव नदिएको स्पष्ट पारेको छ ।
महालेखा परीक्षक टंकमणि शर्माले संघीय संसद्को सार्वजनिक लेखा समितिका पदाधिकारीलाई भेटेर आफूले कुनै सरकारी अधिकारीलाई सल्लाह–सुझाव नदिएको स्पष्ट पार्नुका साथै त्यसबारे पत्रसमेत दर्ता गराएका हुन् ।
‘संस्कृति तथा पर्यटनमन्त्री रवीन्द्र अधिकारीले मंगलबार महालेखा परीक्षकसँग सल्लाह गरेर वाइडबडीको बाँकी रकम भुक्तानी गरेको हुँ भनेर सार्वजनिक लेखा समितिमा जवाफ दिनुभएको रहेछ,’ महालेखा स्रोतले भन्यो, ‘त्यसबारेमा महालेखा परीक्षक, मातहतका अधिकारी र कुनै कर्मचारीले त्यस्तो राय, सल्लाह र सुझाव दिएको छैन भनेर लेखा समितिको सचिवालयमा पत्र पठाइएको हो ।’
समितिले गठन गरेको वाइडबडी छानबिन उपसमितिमा जवाफ दिने क्रममा मन्त्री अधिकारीले महालेखा परीक्षकसँग सल्लाह भएको बताएका थिए ।
प्रकाशित : पुस १२, २०७५ ०७:२८