कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

नेपाली र अमेरिकी पर्यटक भिसा शुल्क बराबर

गोविन्द पोखरेल

काठमाडौँ — सरकारले नेपाली र अमेरिकी नागरिकका लागि पर्यटक भिसा शुल्क बराबर बनाएको छ । अब अमेरिकी र नेपाली पर्यटक दुवैले एक–अर्को देशमा भ्रमणको लागि पाँच वर्षे बहुप्रवेशी भिसा लिंदा १ सय ६० डलर बुझाउनु पर्नेछ ।

नेपाली र अमेरिकी पर्यटक भिसा शुल्क बराबर

यसअघि नेपालले अमेरिकी नागरिकलाई ९० दिनको भिसाका लागि सय डलर शुल्क लिने गर्थ्यो भने अमेरिकी सरकारले पाँच वर्षेबहुप्रवेशी भिसाका लागि एक सय ६० डलर नै लिन्थ्यो ।


गृह मन्त्रालयका प्रबक्ता रामकृष्ण सुवेदीका अनुसार अब अमेरिकी नागरिकले पनि पाँच वर्षे बहुप्रवेसी भिसा लिएपछि एक सय ८० दिनसम्म नेपालमा बस्न पाउनेछन् । यो नियम सन् २०१९ जनवरी १ तारिखबाट लागू हुनेछ ।


यसैबीच मन्त्रिपरिषद बैठकले नेपाली विद्यार्थीहरुले अध्ययन भिसा आवेदन गर्दा अमेरिका दूतावासले लिदै आएको अतिरिक्त शुल्क हटाउने सम्बन्धनमा आवश्यक समन्वय गर्न परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको छ ।


बिहीबार नियमित पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता एवं सूचना प्रविधि तथा सञ्चारमन्त्री गोकुल बास्कोटाले अतिरिक्त शुल्क हटाउने सम्बन्धमा मन्त्रिपरिषद् बैठकले परराष्ट्र मन्त्रालयलाई समन्वय गर्न निर्देशन दिएको बताए ।

हाल अमेरिकाले अध्ययन भिसा आवेदन गर्दा नेपाली विद्यार्थीहरुबाट अतिरिक्त शुल्क बापत् २ सय डलर लिदै आएको छ ।

प्रकाशित : पुस १२, २०७५ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?