कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७९

झापाको मेचीनगरमा आगलागी, दर्जन घर जले 

आगो निभाउने प्रयास जारी
पर्वत पोर्तेल

झापा — मेचीनगर–६ स्थित साठी बिघा भन्ने ठाउँमा आगलागी हुँदा दर्जन घर जलेका छन् । राति करिब ८ बजेदेखि लागेको आगो अहिलेसम्म निभाउन सकेको छैन । 

झापाको मेचीनगरमा आगलागी, दर्जन घर जले 

ग्यास सिलिन्डर पड्किँदा आगलागी भएको प्रत्यक्षदर्शीले बताएका छन् । आगो नियन्त्रणका लागि मेची नगरपालिकाको दमकलसहित स्थानीय र सुरक्षाकर्मी लागीपरेका छन् ।

अगालागीबाट मानवीय क्षति भने भएको छैन । एक मात्र दमकल भएकाले आगो निभाउन कठिनाई भएको प्रहरीले जनाएको छ । उक्त क्षेत्र काकडभिट्टा बजारको बधशाला क्षेत्र पर्छ । फुसका घरहरु भएकाले आगो छिट्टो फैलिएको बताइएको छ ।

प्रकाशित : पुस १२, २०७५ २०:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?