१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

कर्मचारीको वृत्ति विकास रोकिँदैन : मन्त्री बाँस्कोटा

काभ्रे — सञ्चार तथा सूचना प्रविधी मन्त्री गोकूलप्रसाद बाँस्कोटाले संसदबाट पारित समायोजन अध्यादेशले कर्मचारीको वृत्ति विकास नरोकिने दाबी गरेका छन् । 

कर्मचारीको वृत्ति विकास रोकिँदैन : मन्त्री बाँस्कोटा

मण्डन देउपुर नगरपालिकालाई पूर्ण साक्षर नगर घोषणा गर्न आयोजित कार्यक्रममा बोल्दै उनले सरकारले सबै नागरिकको प्रगति चाहने तर्क गरे । ‘सरकार सबैको अभिभावक हो,’ उनले भने, ‘नागरिकको प्रगति चाहन्छौं, भलो भएको चाहन्छौं, अध्यादेशले कसैको वृति विकास रोकेको छैन ।’

उनले संवैधानिक व्यवस्था अनुसार नै अध्यादेश ल्याएको दाबी गर्दै संसद छलेको, चोर बाटो आरोपको खण्डन गरे । ५५ हजार कर्मचारीलाई स्थानीय तहमा पठाउने सोचमा सरकार रहेको भन्दै कर्मचारीको असहयोगका कारण हुन नसकेको तर्क गरे ।

‘तपाईंकै नगरमा पनि वडा सचिव पठाउन सकिएको छैन,’ उनले भने, ‘अब कर्मचारीको अभाव हुँदैन, कामको चाप पनि बढ्छ ।’ काम नगरेको भन्दै सरकारको आलोचना भएको भन्दै उनले सरकारले गरेका कामको फेरिहस्त सुनाए ।

उनले सरकारले गरेका राम्रा कामको प्रचार गर्न सञ्चार क्षेत्रलाई अनुरोध गरे ।


प्रकाशित : पुस १३, २०७५ १४:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?