कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सातवटै प्रदेशका वातावरणीय अवस्था अध्ययन गरिने

गोविन्द पोखरेल

काठमाडौँ — वातावरण विभागले मुलुकका सातवटै प्रदेशको वातावरणीय अवस्थाबारे अध्ययन तथा अनुसन्धान गर्ने भएको छ । मुलुक संघीयतामा गएपछि सबै प्रदेशहरुको वातवरणीय अवस्थाबारे अध्ययन गरिन लागिएको हो । यसका लागि विभागले त्रिवि केन्द्रीय वातवरण विज्ञान क्याम्पससँग शुक्रबार समझदारी पत्रमा हस्ताक्षार गरेको छ ।

सातवटै प्रदेशका वातावरणीय अवस्था अध्ययन गरिने

विभागका तर्फबाट महानिर्देशक झलकराम अधिकारी र क्याम्पसको तर्फबाट रेजिना मास्केले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

महानिर्देशक अधिकारीका अनुसार प्रदेशहरुको वातवरणीय अवस्था अनुसन्धान गरी समग्र मुलुकको वातावरणीय अवस्थाको अध्यावधिक विवरण निकाल्ने उनले बताए । उनका अनुसार नेपालको वातावरणीय अवस्थाको के छ, वातावरणीय क्षेत्रमा देखिएका चुनौती र विकल्पहरुबारे अध्ययन गरिनेछ ।


नेपालमा सन् २००१मा वातावरणीय अवस्था अध्ययन गरिएको थियो । त्रिविका उपप्रध्यापक एवं वातावरणविद् मनकुमार धमलाका अनुसार त्यसबेलाको अनुसन्धान प्रदूषण र जैविक विविधताको पक्षमा केन्द्रित थियो ।


यसैबीच, वातावरण विभागले स्वच्छ वातावरण महाअभियान–२०७५अन्तर्गत त्रिवि वातावरण विज्ञान क्याम्पससँग सहकार्य गरी मुलुकका सबै महानगरपालिका, उपमहानगरपालिका र ३ वटा नगरपालिकाहरुमा वैकल्पिक झोला प्रवर्द्धन गर्दै प्लास्टिकका झोलालाई निरुत्साहित गर्ने अभियान सञ्चालन गर्ने भएको छ । अभियानअन्तर्गन वातावरण विज्ञान अन्तर्गतका क्याम्पसहरुमा अध्ययनरत विद्यार्थीलाई समेटेर ती स्थानीय तहहरुमा सचेतना र गोष्ठी आयोजना गर्ने विभागले जनाएको छ । केन्द्रीय वातावरण क्याम्पसकी प्रमुख रेजिना मास्केकाअनुसार प्लास्टक झोला निरुत्साहित गर्न विभागको तर्फबाट उपलब्ध झोलाहरु स्थानीय तहमा वितरण गर्दै जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिने छ ।


त्रिविकी रेक्टर सुधा त्रिपाठीले राज्यको तर्फबाट विश्वविद्यालयसँग गरिने यस्ता सम्झौतबाट गतिलो जनशक्ति उत्पादनका लागि अनुसन्धानात्मक क्षेत्रमा टेवा पुग्ने बताइन् ।

प्रकाशित : पुस १३, २०७५ २१:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?