२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

जातिय विभेदबिरुद्ध पैदलयात्रा

मोहन बुढाऐर

धनगढी — जातिय विभेदको अन्त्यका लागि ३ जना दलित अगुवाले सुरु गरेको महाकाली–मेची पदयात्रा बुधबार धनगढी पुगेको छ ।

ब्यवहारमै जातिय छुवाछुतको अन्त्य नभएको भन्दै काठमाडौंका असोक दर्नाली, गोर्खाकी रिता परियार र कपिलबस्तुका होमराज अर्चायले कञ्चनपुरबाट सुरु गरेको पदयात्रा धनगढी पुगेको हो । चैत्र ३ गते कञ्चनपुरको माहाकाली नगरपालिकाबाट पदयात्रा सुरु भएको थियो ।


यहा दलित अधिकारकर्मीले उनीहरूको स्वागत गरे । स्वागतको क्रममा धनगढीको मुख्य चौराहदेखि पार्क मोडसम्म बाजागाजासहित र्‍याली प्रर्दशन गरियो । कोणसभाको समेत आयोजना गरियो । दलित अगुवाले पदयात्रालाई अध्याँरोबाट उज्यालोतर्फको यात्रा भनेका छन् ।


‘मुलुकमा जातिय दलन सुदूरपश्चिममा बढी छ,’ टोलीकी सदस्य रिता परियारले भनिन्, ‘यहाँको तुलनामा पुर्वी नेपालतिर कम छुवाछुत रहेकाले यसलाई अध्याँरोबाट उज्यालो तर्फको पदयात्रा भनेका हौ ।’ उनले मेचीको नेपाल–भारत सीमाना पुगेर पदयात्रा टुंगिने बताईन् । करिव ४५ दिनको पदयात्रा हुनेछ ।


उनीहरूले पैदल याक्राका त्रममा जातीय विभेदमा रहेका जाती, बर्ग, समूदायसँग छलफल र अन्तरक्रिया गरिने जानकारी दिएका छन् । ‘पदयात्राको मुख्य उद्देश्य जातिय विभेदविरुद्ध जनचेतना फैलाउने हो,’ परियारले भनिन, ‘त्यसैले बाटोभरि भेट्ने सबैलाई जनचेतना सम्वन्धि पर्चा पम्पलेट दिदैँ अभियानमा लाग्न स्थानीय दलित अधिकारकर्मिलाई उत्प्रेरित गर्ने पनि हो ।’ उनले यस कर्ममा स्थानीय तहका जनप्रनितिधि, अधिकारकर्मि, सञ्चारकर्मी लगायतसँग जातिय विभेदको अन्त्यका लागि पहल गर्न अनुरोध गरिने बताईन् ।


कोण सभामा धनगढी उप महानगरपालिकाका प्रमुख नृप बहादुर वडले जातिय विभेद विरुद्धका अभियानमा नगरपालिकाको हातेमालो रहने बताए । अहिलेको युगमा कुनै पनि प्रकारको भेदभाव हुने प्रथा, प्रचलन कायम हुनु दुखद भएको बताउदै भने, ‘जातिय विभेद गर्नेलाई प्रचलित कानुन बमोजिम कार्वाही गर्न–गराउन धनगढी उपमहानगरपालिका प्रतिवद्ध छ ।’

प्रकाशित : चैत्र ७, २०७५ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई के गर्नुपर्छ ?