कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

सुदीप कैनी

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि उनी बिहीबार साँझ पाटन अस्पताल भर्ना भएका हुन् ।

शिक्षामन्त्री पोखरेल अस्पताल भर्ना

स्वास्थ्य परीक्षणका लागि गएका मन्त्री पाेखरेललाई चिकित्सकले अस्पताल भर्ना हुनुपर्ने सल्लाह दिएपछि उनी राति भर्ना भएका हुन । उनकाे अवस्था अहिले सामान्य छ ।

सुगरको औषधि सेवन गर्दै आएका मन्त्री पोखरेललाई बिहीबार बान्ता र पखालाकाे समस्या देखिएकाे थियाे ।

शुक्रबार प्रधानमन्त्री केपी ओलीसहित मन्त्री पाेखरेल बुटवल जाने कार्यक्रम थियाे । बिरामी परेपछि उनी त्याहाँ नजाने भएका छन् ।

प्रकाशित : चैत्र ८, २०७५ ११:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?