कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने - 'विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनुस्'

माधव ढुंगाना

भैरहवा — प्रधानमन्त्री केपी शर्मा ओलीले नेत्रविक्रम चन्द नेतृत्वको पार्टीले विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनु पर्ने बताएका छन् ।

प्रधानमन्त्रीले नेत्रविक्रमलाई भने - 'विध्वंसकारी र आतंककारी गतिविधि छाडेर शान्ति प्रक्रियामा आउनुस्'

शुक्रबार भैरहवास्थित गौतम बुद्ध विमानस्थलमा स्थानीय सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले चन्द समूहलाई शान्ति प्रक्रियामा आउन अनुरोध गरिएको बताए ।चन्द समूहलाई आतंककारी गतिविधि नगर्न भन्दा विरोध जनाउनु आश्चर्यको विषय भएको उनले बताए ।


ओलीले सिके राउत समूहले विखण्डनको राजनीति छोडेर भौगोलिक अखण्डता र सार्वभौम सत्ताको रक्षा गर्नु पर्छ भनेर मूलधारको राजनीतिमा आएको उनले बताए ।


लुम्बिनीलाई प्रदुषण गर्ने खालका गतिविधि नियन्त्रण गरेर स्वच्छ र वास्तविक धार्मिक थलोको रुपमा विकास गरिने ओलीको भनाइ थियो ।


निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजना निर्माण सम्पन्न भएसँगै अन्तर्राष्ट्रिय उडान सञ्चालनकोलागि आवश्यक सबै तयारी सरकारले गरेको उनले जनाए । ओलीका अनुसार, एयर रुट लगायत अन्तर्राष्ट्रिय एयरलाइन्सहरुसँग सम्झौता गर्ने काम धमाधम भइरहेको छ ।


पत्रकारद्वारा सोधिएको एक प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले पार्टी एकिकरण आकस्मिक रुपमा भएको र एकिकरणको प्रक्रिया तल्लो तहसम्म पुर्‍याएर अघि बढ्ने कामपनि आकस्मिक रुपमा हुने बताए । प्रधानमन्त्री ओलीले निर्माणाधीन गौतम बुद्ध अन्तराष्ट्रिय विमानस्थल आयोजनाको पनि स्थलगत निरीक्षण गरेका थिए ।


प्रकाशित : चैत्र ८, २०७५ १४:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?