कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

चन्द समूहसँग वार्ता गर्न पौडेलकाे सुझाव

राजकुमार कार्की

सिन्धुली — कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेलले नेत्रविक्रम चन्द समूहलाई मूलधारमा ल्याउनुपर्ने बताएका छन् । प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राम्रोसँग थाहा हुँदाहुँदै पार्टीलाई नै प्रतिबन्ध लगाएर थप हिंसा भड्काउनु लोकतन्त्र माथिको प्रहार भएको बताए ।  

चन्द समूहसँग वार्ता गर्न पौडेलकाे सुझाव

सिन्धुलीमाढीमा शनिबार बिहान नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा वरिष्ठ नेता पौडेलले सर्पको खुट्टा सर्पले नै देख्ने भन्दै चन्द समूहको मुहान खोजेर समस्या हल गर्न सरकार र नेकपालाई सुझाव दिएका छन् ।


समस्यालाई गम्भीर रुपमा नलिदाँ अहिलेको अवस्था आएको भन्दै उनले चन्द समूहसँग अब दमन होइन संवादको थालनी गर्नुपर्ने बताए । 'दमनले नै समस्याले चर्को रुप लियो कि समिक्षा गर्नुहोस्,' उनले भने, 'गाउँमा जनताहरु त्रसित हुन थालेका छन् ।'


अख्तियार र सर्वोच्चको अधिकार आफैं लिएर दुई तिहाई नेतृत्वको सरकार सर्वसत्तावादतिर लागेको पौडेलको आरोप थियो । काण्डैकाण्ड, भ्रष्टचार नै भ्रष्टचार भएकाले नेपाली राजनीतिक इतिहासमै यो सरकार असफल सावित भएको उनको आरोप छ ।


उनले राजाभन्दा कस्युनिष्टसँग लड्न कठिन भएकाले चनाखो रहन नेता कार्यकर्तालाई पौडेलले निर्देशन दिएका छन् । कम्युनिष्टहरुले शव्द फेरेर जनतालाई झुक्याउने उनको भनाइ थियो । 'कहिले जनवाद, कहिले बहुदलीय जनवाद, अनि समाजवाद, फेरि वैज्ञानिक समाजवाद कति झुक्याउन सकेको ?यस्तो कहीँ हुन्छ ?' पौडेलले भने ।


निर्वाचनमा कांग्रेस पराजयको प्रसंग कोट्याउदै उनले हार स्वीकार गर्न कांग्रेस अहिलेसम्म अलमलिएको उनको भनाइ थियो । पार्टी सभापति शेरबहादुर देउवातर्फ लक्षित गर्दै पौडेलले सोच्न, बोल्न र गर्न नसक्ने नेतृत्व रहुन्जेल पार्टी उभो नलाग्ने तर्क गरे । अब नेताले हैन कार्यकर्ताले नेतृत्वको मुल्यांकन गर्ने बेला आएको पौडेलले जनाए । 'अब कांग्रेसले भाषण मात्र होइन्, ओरल्ली, मोरल्ली र पोल्टीकल्ली भइ जनताको घर दैलोमा जानुपर्छ,' उनले भने ।


कांग्रेस केन्द्रीय सदस्य चन्द्र भण्डारीले बुढा र पुरानो नेतृत्वहरुका कारण पार्टी नेतृत्व ठिक ढंगले चल्न नसकेको भन्दै विगतका कमजोरीलाई आत्मसमिक्षा गर्दै नयाँ पुस्तामा नेतृत्व हस्तान्तरण हुनपर्नेमा जोड दिए ।

प्रकाशित : चैत्र ९, २०७५ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?