कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अंग्रेजलाई हराएको सम्झनामा मेला

रौतहट — तत्कालीन अंग्रेजको सेनालाई हराएको खुशीमा यहाँको गढीमाई नगरपालिकास्थित समनपुर बजारमा सोमबारबाट मेला सुरु भएको छ । २ सय ५ वर्ष अघिदेखि लाग्दै आएको मेला होली पर्वपछि सकिन्छ । मेला उद्घाटनको क्रममा सोमबार नेपाली सेनाले बिभिन्न नृत्य तथा राष्ट्रभक्ती नाटक प्रस्तुत गरेको थियो ।

सन १८१४ डिसेम्वर ३१ मा नेपालीले समनपुरबाट अग्रेजको फौजलाइ लखेटर सिमाना कटाएको र हतियार कब्जामा लिएको खुशीयालीमा हरेक वर्ष यहाँ मेला लाग्ने गरेको छ । मेलाले यस क्षेत्रको रौनक बढाएको छ । मेला हेर्न जिल्लाभरीका मानिसहरू पुग्ने गर्छन् । मेलाले छुट्टै महत्व बोकेको छ ।


त्यस बेला नेपालीले अंग्रेज फौजलाइ लखेटी उनीहरू संग रहेको तोप तथा अन्य आधुनिक हतियारहरू कब्जा गरेका थिए । नेपालीको गौरवको रुपमा रहेको समनपुरको बिकासगर्न योजनाहरू अगाडी बढाइएको गढीमाई नगरपालीकाका मेयर श्यामप्रसाद यादवले बताए । सुरुका दिनहरूमा दुइ महिना सम्म मेला लाग्थ्यो ।


अहिले एक पाँच दिन सम्म लाग्ने गरेको छ । ‘नेपालकै ईतिहासमा समनपुर बिर्सन नसक्ने गाउँ भएको छ,’ मेयर यादब भन्छन्, ‘मेलालाई व्यवस्थित र मर्यादित बनाउन सबै लाग्नुपर्छ ।’ सेना र समनपुर आसपासका बासिन्दाले अग्रेजलाई लखेटेको इतिहासको स्मरण गर्दै त्यस वेला भएको युद्धको झझल्को दिने कथामा आधारित नाटकसमेत प्रदर्शन गरिएको थियो । सेनाले झिझिया नाच तथा अन्य नृत्य प्रस्तुत गरेका थिए । मेलामा सेना जोडिएको पहिलो पटक हो ।


मेलामा नेपाली सेनाले यसरी कार्यक्रम गरेको यो पहिलो पटक हो । होली ऐतिहासिक समनपुर मेलामा नेपाली सेनाको टोलीले पहिलोपटक विभिन्न झाँकी प्रस्तुत गरेको थियो । सेनाको गौरमा रहेको इन्द्रबक्स गणले नेपाल–अंग्रेज युद्धको सम्झनामा पहिलो पटक सार्वजनिक रुपमा विभिन्न कार्यक्रम प्रस्तुत गरेको हो ।


मेलाको उद्घाटन संघीय सांसद देवप्रसाद तिमल्सिनाले गरेपछि सेनाको टोलीले युद्धको समयमा समनपुरमा भएको आक्रमणको सन्दर्भलाई लिएर पहिलोचोटी नाटक प्रदर्शन गरिएको थियो । युद्धका बेला समनपुरका स्थानीयले आधुनिक हतियारसहित आएको अंग्रेजको फौजलाई धपाएको थियो । त्यस बेला अंग्रेजहरूबाट भारी परिमाणमा हतियार र तोप खोसेको थियो । युद्धमा खोसिएको तोप ततकालीन नारायणि अञ्चल प्रहरी कार्यालय बिरंगजमा राखिएको छ । तोप ल्याउन पहल गरिने मेयर यादवले प्रतिबद्धता जनाए । मेलालाई ऐतिहासिक फागु बैरिया मेला भन्ने गरिन्छ ।


समनपुरको इतिहास जोगाउन नेपाली सेनाको इनद्रबक्स गणले खेलेको भूमिकाको सराहनिय रहेको मेयर यादबले बताए । पाँच दिन सम्म चल्ने होली मेलामा करिब ४ करोडको व्यापार हुने अनुमान गरिएको छ । सर्लाही र रौतहटको विभिन्न गाउँका मानिसहरू होली मेलाबाट सामग्री किनेर लैजान्छन् ।

प्रकाशित : चैत्र ९, २०७५ १०:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?