कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

चुरे डढेलोबाट बस्ती जोखिममा

उदयपुर — चुरे जंगल क्षेत्रमा लागेको डढेलोका कारण उदयपुरका दर्जनौ बस्ती आगोको जोखिममा परेका छन् । सातयता लागेको डढेलो शुक्रबारसम्म पनि नियन्त्रण हुन सकेको छैन । जंगलमा लागेको डढेलो गाउँबस्तीमा नजिकै आइपुग्दा कटारी, त्रियुगा र चौदण्डीगढी नगरपालिकाका बस्तीहरू जोखिममा परेका छन् ।

चुरे डढेलोबाट बस्ती जोखिममा

कुनै पनि समय डढेलो बस्तीमा छिर्ने डरले स्थानीय रातभर सुत्न सकेका छैन । जंगलको डढेलो बस्तीमा पस्ने खतरा भएकाले स्थानीय नियन्त्रणका लागि विभिन्न तरीकाले नियन्त्रणको प्रयासमा लागेको जोखिम क्षेत्रका सर्वसारधाणले बताए । झण्डै ३ दिनयता चुरे तलका वस्तीका सर्वसाधारण रातभर जागरम बसिरहेका छन् ।


चौदण्डिगढी नगरपालिकाको सुन्दरपुर, सिवाई, अजगढा, मुसहरनीया, खैराझोडा, अधेरीलगायत मानव वस्ती आगोको जोखिमा छन । यी वस्तीसंगै जोडिएको चुरे जंगलमा भिषण डढेलो सल्कीएको स्थानीयले बताए । त्यसैगरि त्रियुगा नगरपालिकाको जोगिदह, मैनी, खैजनपुर, वगहा, लालपत्ता लगाएका वस्तीमा आगो पस्ने जोखिम रहेको छ ।


उता कटारी नगरपालिकाको रिस्कु, शुक्रबारे, दमार, त्रिवेणी लगायतका वस्तीमा जोखिम रहेको त्रिवेणीकी निर्मला बस्नेतले बताइन् । चुरे क्षेत्रमा डढेलो बढदै जदाँ जंगली जवार गाउँवस्तीमा प्रवेश गरेका छन । डढेलोबाट जोगिन गाँउबस्तीमा प्रवेश गरेका निलगाई, घोरल, चित्तललगायत जंगली जनावरले खेतमा लगाईको मकै खेती नष्ट गरिदिएको चौदण्डिगढी नगरपालिका ५ सुन्दरपुरका किसानले वताए ।


जंगलको आगो गाँउवस्तीमा सुख्खा मौसमसगै चुरे जगल क्षेत्रका वनमा ढडेलो बढै गएको छ । झण्डै डेढ २ हजार हेक्टर वन क्षेत्रमा अहिले आगो लागि रहेको वन कार्यालयले अनुमान गरेको छ । डढेलो बढै गइरहेको वन कर्मचारी बताउँछन् । ठूलो क्षेत्रमा डढेलो लागेकोले नियन्त्र बाहिर रहेकोले नियन्त्रणमा समस्या भएको छ । चुरे क्षेत्रको भिषण डढेलोले वन सखाप भएको छ ।


समथर क्षेत्रमा सामुदायीक वन उभोक्ता समुह, वन कर्मचारी र स्थानीय तहमा रहेका बारुणा यन्त्र(दमकल) प्रयोग गरेर नियान्त्रण गर्ने प्रयास गरिएपनि मध्य भाग र दुर्गम क्षेक्रमा डढेलो त्रमिक रूपमा बढै गएको सामुदायीक वन उपभोक्ता महासंघका उदयपुर अध्यक्ष कुशलबाबु बस्नेतले बताए ।


‘सामुदायीक वन उपभोक्ता समूह, वन कार्यालयहरू, स्थानीय प्रहरी प्रशासन सहित सरोकारवालाको बैठकले नियन्त्रणकालागि प्रयास गर्ने निर्णय गरेको छ’ महासंघका अध्यक्ष वस्नेतले भने, ‘सुख्खा मौषम बढिरहेको अवस्थामा हावाहुरी तिव्रगतिमा चलेकोले नियन्त्रण गर्न सस्या भएको छ ।’ तरपनि नियन्त्रणका लागि स्थानीय तहका बारुण यान्त्र, समुहका सदस्य, सर्वसारधणले वस्ती जोगाउन प्रयास गरिरेको उनले वताए ।


कटारी, त्रियुगा र चौडण्डिगढी नगरपालिकाको समथर क्षेत्रमा दमकल प्रयोग गरेर आगो नियन्त्रण गरिएको छ । जंगल क्षेत्रमा जोडिएको मानव वस्तीमा डढेलो प्रवेश गर्न नदिन प्रयास गरिएको कटारी नगरपालिका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले वताए । ‘चुरे क्षेत्रमा आगो नियन्त्रण बाहिर रहेकोले गाँउ वस्तीमा प्रवेश हुन नदिन प्रयास भइरहेको छ’ प्रमुख श्रेष्ठले भने, ‘२४ सै घण्टा दमकल सहित कर्मचारी, स्थानीय, सुरक्षाकर्मी तैनाथ छन ।’


अनियन्त्रीत डढेलो कुनैपनि समय वस्तीमा पस्न सक्ने खतरा रहेको उनले वताए । डढेलो लाग्नबाट बचाउन वन कर्मचारी, मातहतका कार्यालय र सामुदायिक वन समूहहरूलाई सचेत गराइएको डिभिजन वन कार्यालय गाईघाटका सूचना अधिकारी साहक वन अधिकृत जागेश्वर साहले वताए । ‘डढेलो नियन्त्रणको प्रयास भईरहेको छ, तर साधन स्रोतको अभावमा समस्या भएको छ’


सूचना अधिकारी साहले भने, ‘थोरै जनशक्ति लिएर आगो निभाउने प्रयास भएपनि सम्भव भएको छैन ।’ सामुदायीक वन उपभोक्ता समुहले चासो नराख्दापनि नियन्त्रणमा समस्या भएको उनल बताए ।


गत बर्ष उदयपुरको करिब ७ हजार हेक्टर क्षेत्रफलमा डढेलो लागेको थियो । चुरे क्षेत्रका सामुदायीक तथा राष्ट्रिय वनमा गत बर्षपनि व्यापाक डढेलो लागेको थियो । अहिलेपनि ३ दर्जन बढि सामुदायिक वनमा डढेलो लागेको छ । चुरे र महाभारत जंगलमा डढेलो लाग्दा बहुमुल्य जडिबुटी जलेर नष्ट भएका छन् ।

प्रकाशित : चैत्र ९, २०७५ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?