कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वर्दिवास महोत्सव सुरु 

रवीन्द्र उप्रेती

वर्दिवास, महोत्तरी — वर्दिवास उद्योग वाणिज्य संघको आयोजनामा यहाँ दोश्रो वर्दिवास महोत्सव सुरु भएको छ । 'हिमाल पहाड तराई केाही छैन पराई , आपसी सद्भावकाे पहिचान वर्दिवासलाई नमूना सहर बनाउने हाम्रो अभियान' नारासहित सुरु भएको महोत्सव १८ चैतसम्म चल्ने छ ।

वर्दिवास महोत्सव सुरु 

स्थानीय व्यापार, कृषि एवं पर्यटन प्रवर्द्धनका लागि आयोजना गरिएको महोत्सवको प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उद्घाटन गरेका छन् ।


उद्घाटनमा राउतले यस्ता आयोजनाले लोकसंस्कृतिको जगेर्नाका साथै व्यापार, व्यवसाय र स्थानीय उत्पादनको प्रवर्द्धन गरि प्रदेशकै आर्थिक विकासमा टेवा पुग्ने धारणा राखे । 'प्रगति र समृद्धिको प्रचुर संभावना बोकेकेा वर्दिवासको विकास कसैले रोकेर रोकिनेवाला छैन,' मुख्यमन्त्री राउतले भने, 'वर्दिवासकेा मालपोत र नापीको परेसानी समाधान गरि सेवा सुुचारु र सर्वसुलभ बनाउन प्रयास गर्ने छु ।'


राउत अघिका वक्ताहरुले वर्दिवासमा मालपोत र नापी कार्यालय भएर पनि मोठलगायतका श्रेस्ता र नक्सा नपठाउँदा सर्वसाधारणले दुख पाएको समस्याबारे उठाएका थिए ।


वर्दिवास उद्योग वाणिज्य संघका अध्यक्ष प्रहलाद क्षेत्रीले सडक सञ्जालको धनि वर्दिवासले पूर्व क्षेत्रको प्रवेशद्वारकोरुपमा समृद्धिकेा पाइला टेकेको धारणा राखे । उनले करोड बढी कारोबारकेा लक्ष्य लिएर महोत्सव आयोजना गरेकेा जानकारी दिए । 'महोत्सवबाट प्राप्त आम्दानी वर्दिवासस्थित रेडक्रसकेा ब्लड बैंकलाई सहयोग गर्ने निर्णय गरेका छौ,' क्षेत्रीले भने ।


निर्माणाधीन रेलवे सेवाले बाहय तथा आन्तरिक ब्यापार, उद्योगधन्दा, ब्यवसायिक कृषि उत्पादन जस्ता प्रचुर सम्भावनाकाकारण प्रदेशकै आर्थिक समृद्धिमा योगदान पुर्‍याउने उद्देश्यले महोत्सव आयेाजना गरिएकेासमेत उनले जनाए ।


महोत्सवमा प्रदेश २ को विविधता झलकाउने सांस्कृतिक प्रदर्शन, जातिगत विविधतासहितको धार्मिक सांस्कृतिक भेषभुषा, नृत्य, धार्मिक र लोक संस्कृतमा आधारित मनोरञ्जनात्मक कार्यक्रम प्रदर्शनको तयारी गरिएको छ ।


महोत्सवमा व्यापारिक एवं सेवामूलक उद्देश्यका २ सयबढी स्टल रहने छन् । त्यसमा स्थानीय परम्परागत संस्कृति झल्कने होटल, स्थानीय कृषि एवं घरेलु उत्पादन, राष्ट्रिय एवं बहुराष्ट्रिय कम्पनीका उत्पादन प्रदर्शनीमा राखिएकेा छ ।

प्रकाशित : चैत्र ९, २०७५ ११:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?