जीपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दाङ — जीपको ठक्करबाट शनिबार बिहान तुलसीपुरमा एक मोटरसाइकल चालकको मृत्यु भएको छ । तुलसीपुरबाट पश्चिमतर्फ जाँदै गरेको रा १ च ३४६ नम्बरको जीपले विपरित दिशातर्फ जाँदै गरेको बा ९७ प ५८६२ नम्बरको मोटरसाइकललाई तुलसीपुर उपमहानगरपालिका-२ नन्दगाउँमा ठक्कर दिँदा मोटरसाइकल चालक दंगीशरण गाउँपालिका-६ थपगाउँका १८ वषर्ीय गोरख चौधरीको घटनास्थलमै मृत्यु भएको हो ।