कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

चन्द समूहको चन्दा आतंक : गाँउपालिका कर्मचारीले कार्यालय छाडे 

नारायण शर्मा

नवलपरासी — नेत्रविक्रम चन्द समूहको चन्दा आतंकले दुर्गम पहाडी बुलिंटार गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित तीन कर्मचारीले गाँउपालिका छाडेका छन् । चन्द समूहका वीरगञ्ज इन्चार्जका नामबाट गाँउपालिकामा नगद चन्दा माग गरेका छन् ।

चैत १४ गतेभित्र पार्टीलाई रकम बुझाउनु पर्ने भन्दै मिति तोकिएपछि त्रसित बनेका कर्मचारीले गाँउपालिका छाडेका हुन् ।

चन्द समूहले पूर्वी नवलपरासीका सबै स्थानीय तहमा तोकेरै चन्दा माग गरेको पत्र थमाएका छन् ।

प्रमुख प्रशासकिय अधिकृत बालकृष्ण अधिकारी, लेखापाल रघुनाथ काफ्ले र इन्जिनियर सन्जय कुमालले गत बिहीबारदेखि कार्यालय छोडेका हुन ।

गाँउपालिका कार्यालय बुलिंटारले कालिगण्डकी नदी, देउसत खोला, फुलमादी लगायतका खोलामा गिट्टी, ढुंगा उठाउन टेन्डर आव्हान गरेको थियो । त्यही खोला टेण्डरको रकमबाट चन्द समूहले १० लाख ५० हजार पहिलो किस्ता माग गरेको हो । पूर्वी नवलपरासीको दुर्गम पहाडी क्षेत्रमा चन्द समूहका गगन भनिने नेता सक्रिय छन् ।

गाँउपालिकाले ४६ लाख रकम तोकेर टेण्डर आव्हान गरेको थियो । चैत्र ७ गते चितवनको हिरोज कन्सट्रक्सनले ५० लाखमा खोलाको टेण्डर सकारेको हो । करिब पौने ३ करोडमा ठेक्का जान सक्ने ती खोलाको वातावरणीय प्रभाव मुल्यांकनको प्रतिवेदन ढिलो गराएका कारण चैत्र, वैशाख र जेठमसान्त सम्मकालागि ४६ लाखमा खोलाको टेण्डर आव्हान गरिएको गाँउपालिकाका एक कर्मचारीले बताए ।

खोलाको टेण्डर सकार्नु अगावै माओवादीले त्यसैबाट आफूहरुको पार्टी संचालनकालागि १० लाख ५० हजार नगद माग गर्दैै पत्र थमाएर चैत्र १४ गते भित्र बुझाउन अल्टिमेटम दिएका हुन । चन्द समूहका स्थानीय नेता गगन थापा -उपनाम)ले पार्टी संचालनकालागि भन्दै चन्दा माग गरेर प्रमुख कार्यकारी अधिकृतलाई पत्र थमाएको हो । अधिकृतले त्यसरी चन्दा दिने श्रोत आफूहरुको नभएको भन्दै अस्वीकार गरेका थिए ।

विकट बुंलिटार, बौदीकाली र हुप्सेकोट गाँउपालिकामा भरपर्दो सुरक्षा निकाय नभएका कारण त्यहँा चन्द समूहका कार्यकर्ताको चहलपहल बढी छ । यी तीनवटै गाँउपालिकामा सुरक्षा उपस्थिति न्यून छ । बुलिंटारमा रहेको प्रहरी चौकीमा सईको कमाण्डमा थोरै जनशक्ति खटिएको छ ।

बुलिंटारका प्रमुख प्रशासकीय अधिकृत बालकृष्ण अधिकारीले खोला ठेक्का लगाउनु अघिदेखि नै गाँउभरीका टेक्टरले आफूखुशी खोलाबाट खोलाजन्य पदार्थ निकाल्ने गरेको र टेण्डर आव्हान गरेपछि पनि त्यो क्रम नरोकिएकाले काम गर्न नसक्ने अवस्थाका कारण गत बिहीबारदेखि गाँउपालिका छोडेको दाबी गरे । टेण्डर आव्हान भैसकेपछि पनि दर्जनौ ट्याक्टर खोलामा दौडिएका र त्यसलाई नियन्त्रणमा लिन खोज्दा गाँउपालिकाका अध्यक्ष शशिकिरण बास्ताकाेटीले सहयोग नगरेका कारण गाँउपालिका छाड्न परेको उनको भनाई छ ।

गाँउलेहरुले राजश्व तिरेर खोलाजन्य वस्तु उठाउन तैयार नहुने र सवारी साधन समात्दा गाँउपालिका प्रमुखले गाँउलेको गाडी किन समातिस भनेर धम्क्याएका कारण काम गर्ने वातावरण नभएर गाँउपालिका नबस्ने निधो गरेको उनले सुनाए । चन्दा मागेको बारेमा उनले बोल्न चाहेनन् ।

गाँउपालिका अध्यक्ष बस्ताकोटीले ठेक्का प्रक्रियामा गैसकेपछि खोलाजन्य पदार्थ उठाउन जाने ट्याक्टरको चाबी खोस्न प्रमुख प्रशासकीय अधिकृत आफै खोला-खोला दौडिएकोले त्यसो नगर्न र प्रहरी प्रशासनको सहयोगमा काम गर्न आग्रह गरेको दाबी गर्त गरेका छन् । चन्दा मागेकाे बारे उनले पनि बाेल्न चाहेनन् ।


पूर्वी नवलपरासीका प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाललेे मुख्य तीन कर्मचारीले गाँउपालिका छोडेको जानकारी पाएपछि प्रमुख प्रशासीकय अधिकृतलाई आफूले आइतबार कार्यालयमा बोलाएको बताए । उनले सबै कुरा बुझेर समन्वय गर्ने जानकारी दिए ।

प्रकाशित : चैत्र १०, २०७५ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?