कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

अँध्यारोमै गाउँ

दार्चुला — जिल्लाको अधिकांश ग्रामीण बस्तीमा बिजुली पुग्न सकेको छैन् । विद्युतीकरणका लागि ५ वर्षदेखि काम सुरु भए पनि स्थानीय अध्यारोमै बस्न बाध्य छन् । विद्युत् प्राधिकरणले समयमै उपकरण उपलब्ध नगराउँदा बिजुली नबलेको हो ।

अँध्यारोमै गाउँ

‘५ वर्षअघिदेखि पोल गाड्ने काम सुरु गरिएको हो, अहिलेसम्म गाउँमा बिजुली पुग्न सकेन,’ मालिकार्जुन गाउँपालिका २ भगवतीका राजेन्द्रसिंह धामीले भने, ‘लामो समयदेखि बत्ती बाल्ने आसमै बसेका छौं । झरो र टुकी बालेर रात कटाउँछौं ।’


पोल र तारहरू उपलब्ध भए पनि बिजुली बाल्न आवश्यक ट्रान्सफर्मर र च्यानलहरू नआउँदा कतिपय ठाउँमा बत्ती बाल्न नसकिएको विद्युत् प्राधिकरण दार्चुला वितरण केन्द्रका निमित्त प्रमुख मीनराज पन्तले बताए । ‘दार्चुलामा आर्थिक वर्ष ०७०/०७१ देखि विद्युतीकरणका लागि आवश्यक ट्रान्सफर्मर नपुग्दा काम अधुरै छ,’ उनले भने, ‘अधिकांश ठाउँमा काम सकिएको छ । दुई/तीन ठाउँमा मात्र अब काम बाँकी होला ।’


०७१ मा ठेक्का भएका मालिकार्जुन, डाँडाकोट, भगवती, सर्मोली र खरकडामा विद्युतीकरणको काम बाँकी रहेको छ । सबै ठेक्काहरूमा ट्रान्सफर्मरको अभाव हुँदा काम गर्न नसकिएको निर्माण व्यवसायीको गुनासो छ ।


आव ०७१/०७२ मा जिल्लाका साविकका २४ गाविसमा विद्युतीकरण गर्न टेन्डर भएको थियो । च्यानल, ट्रान्सफर्मरलगायतका अत्यावश्यक उपकरणहरू प्राधिकरणले ठेकेदारलाई उपलब्ध गराउन नसक्दा निर्माण कार्य लम्बिएको छ ।

प्रकाशित : चैत्र १०, २०७५ १०:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?