१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पार्टीभित्र गुट स्वभाविक हाे, गिराेह हुनु खतरनाक : शेखर कोइराला

रासस

चितवन — नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली कांग्रेस चितवनले आइतबार यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुने बताए । 

पार्टीभित्र गुट स्वभाविक हाे, गिराेह हुनु खतरनाक : शेखर कोइराला

नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँने बताए ।


गणतन्त्र र संघीयता कांग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए ।


नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए ।

कांग्रेसका नेत्रीद्वय सीता गुरुङ र डा डिला सङ्ग्रौलाले काङ्ग्रेस हारे पनि सिद्धान्त र आदर्शको विजय भएको बताए ।


कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, नेता देवराज चालिसे, जिल्ला उपसभापति कैलाश कोइराला लगायतले पार्टीको संस्थागत विकासमा जोड दिनुपर्ने बताए ।

प्रकाशित : चैत्र १०, २०७५ १२:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?