हेमन्तप्रकाश ओलीसहित ९ जनालाई थप अनुसन्धानका लागि ८ दिन थुनामा राख्न अनुमति

दीपेन्द्र विष्ट

काठमाडौँ — काभ्रेबाट पक्राउ परेका नेत्रविक्रम चन्द समूहका मध्य क्षेत्रीय कमाण्डका इन्चार्ज हेमन्तप्रकाश ओलीसहित ९ जनालाई जिल्ला अदालत ललितपुरले ८ दिन थुनामा राखेर अनुसन्धान गर्नका लागि प्रहरीलाई अनुमति दिएको छ । प्रहरीले उनीहरुलाई बम विस्फोट गराइ आम नागरिकको हत्या गरेको, अवैध हातहतियार बोकेको, राज्य विरुद्ध अपराध गरेको आरोपमा अनुसन्धान गर्नका लागि अदालतमा आइतबार पेश गरेको थियो ।

हेमन्तप्रकाश ओलीसहित ९ जनालाई थप अनुसन्धानका लागि ८ दिन थुनामा राख्न अनुमति

मुलुकी संहिता अनुसार पक्राउ परेको व्यक्तिलाई २४ घण्टाभित्र अदालत पेश गर्नुपर्छ । प्रहरीले ओलीसहितको टोलीलाई जिल्ला अदालत ललितपुरमा पेश गरेकाले उनीमाथिको आरोपका अनुसन्धान ललितपुरका घटनामा केन्द्रित हुनेछन् ।

प्रहरी मुख्यालय स्रोतका अनुसार अन्य जिल्लामा उनीविरुद्ध उजुरी परेकाले अन्यत्र पनि पुर्‍याइनेछ ।

शनिबार बिहान पक्राउ परेका उनीहरुलाई ललितपुर ल्याइएको थियो । उनीहरुसँग प्रहरीले ५ थान हतियार फेला परेको छ ।


ओलीसहित रामकृष्ण खतिवडा, शंकर अधिकारी, विजय श्रेष्ठ, ललित तामाङ, सञ्जीव कार्की, देव घिमिरे, लोकेन्द्र खड्का र चालक धर्मराज वहाक पक्राउ परेका थिए।

यो पनि पढ्नुहोस् :

चन्द समूहका नेता ओली पक्राउ : यसरी गरियो अपरेशन

चन्द समूहका मध्य क्षेत्रीय कमाण्डर ओलीसहित ९ जना पक्राउ

प्रकाशित : चैत्र १०, २०७५ १५:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?