३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

नेपालले हङकङसँग खेल्ने

काठमाडौँ — नेपालले एसीसी यू–१६ इस्टर्न रिजन प्रतियोगिताको सेमिफाइनलमा हङकङसँग खेल्ने भएको छ । थाइल्यान्डमा भइरहेको प्रतियोगिताको सेमिफाइनल खेलहरू शनिबार हुनेछन् । फाइनल पुग्नलाई अर्को प्रतिस्पर्धा सिंगापुर र मलेसियाका बीच हुनेछ । 

बिहीबार नेपालको थाइल्यान्डसँगको खेल वर्षाले रद्द हुन पुग्यो । यसअघि नै दुई खेल जितेको नेपाल समूहविजेता बन्दै सेमिफाइनल पुगेको हो ।


टस जितेको नेपालले निर्धारित ३५ ओभरमा ७ विकेट गुमाई २ सय ३४ रन बनायो । जवाफमा थाइल्यान्डले १.५ ओभर ब्याटिङ गरेको समयमा खेल वर्षाले बिथोलेको थियो । नेपालका प्रशान्त महतले चावात्राचाईलाई आउट गरेसँगै वर्षा सुरु भएको थियो ।


नेपालबाट आइस भट्टराईले ५८ रन बनाए । ७३ बल खेलेका उनले ५ चौका प्रहार गरे । कप्तान विशालविक्रम केसी ३८ र दीपक बोहराले ३५ रन बनाए ।


विशालकुमार पटेल २३ बलमा ५ चौका प्रहार गरी २८ रनमा अविजित रहे । अर्का अविजित ब्याट्स्म्यान निखिलकुमार सिंहले १२ बलमा २ चौका र १ छक्का प्रहार गरी २२ रन बनाए । सुशान्त थापा शून्य, प्रशान्त महत ९, कृष कार्की ११, रोहन विक ७ रनमा आउट भएका थिए ।

प्रकाशित : वैशाख १३, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?