कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

लिभरपुलको विश्वास तोड्ने म्यानचेस्टर

बीबीसी

म्यानचेस्टर — म्यानचेस्टर युनाइटेडको घर हो, ‘द थिएटर अफ ड्रिम्स’ । म्यानचेस्टर सिटीले बुधबार राति त्यसलाई पीडाको घरमा बनाइदियो । एकातर्फ आधुनिक, अगाडि बढ्दै गएको क्लब । अर्कोतर्फ कमजोर टिम ।

लिभरपुलको विश्वास तोड्ने म्यानचेस्टर

केही अगाडिसम्म पनि सर एलेक्स फर्गुसनले भन्ने गरेका थिए, सिटी भनेको त खालि कचमच मात्र गर्न जान्ने छिमेकी हो । त्यही सिटीले अहिले युनाइटेडलाई मज्जाले हराएर पूर्णतः नियन्त्रणमा लिएको छ, इंग्लिस प्रिमियर लिग ।

सिटी त्यो खेलमा सजिलै २–० ले विजयी रह्यो र देखायो, म्यानचेस्टरको यो क्लब म्यानचेस्टरको अर्को क्लबभन्दा कति धेरै बलियो छ भनेर ।


यो जितपछि सिटीले फेरि लिग तालिकामा दोस्रो स्थानमा रहेको लिभरपुलमाथि १ अंकको अग्रता खोलेको छ । अब सिटीले बाँकी तीन खेल जितेर लिग उपाधिको रक्षा गर्न सक्नेछ । लिभरपुलले त्यस खेल अगाडि त्यस्तो क्लबले केही गर्नेछ भनेर विश्वास लिएको थियो, तर युनाइटेड त विश्वास तोड्ने टिम साबित भएको छ ।


कुनै समय, धेरै अगाडि पनि होइन, युनाइटेड वास्तवमै बलियो थियो । यो इतिहास भइसकेको छ र अब त पेप ग्वार्डिओलोको सिटीसँग यसको कुनै पनि तुलना गर्न सकिन्न । बर्नार्डो सिल्भाले ५४ औं मिनेटमा सिटीलाई के अग्रता दिलाए, लेरोय सानेको गोल त जितमा औपचारिकता मात्र त थियो । एक गोलले पछि परेपछि त युनाइटेडका खेलाडीको व्यवहार कस्तो थियो भने खेल सकेसम्म चाँडै सकिए हुन्थ्यो । खेल जारी राख्ने मनसाय नै देखिन्नथ्यो ।


जति बेला अन्तिम हवीसल बज्यो, अधिकांश दर्शकदीर्घा खाली खाली भइसकेका थिए । अर्कोतर्फ सिटीका समर्थक भने खुसीले झुमिरहेका थिए । खेलपछि ग्वार्डिओलाले आफ्नो टेक्निकल एरियामा रहेर हुँकार भरे । उनको यो जितको खुसी जति चर्को थियो, त्यतिकै चर्को अन्तर हुन थालेको छ, म्यानचेस्टरका दुई क्लबबीच । आइतबार मात्रै युनाइटेड एभरटनको हातबाट नराम्रोसँग ४–० ले पराजित रह्यो । त्यो वास्तवमै बिर्सनलायक स्कोर थियो ।


यो खेलपछि व्यवस्थापक ओले गनर सोल्सायरले आफ्ना खेलाडीबाट माथिल्लो दर्जाको खेलको माग राखेका थिए । सिटीविरुद्धको हार गुडसन पार्कमा बेहोरेको हार जत्तिको तितो त थिएन, तर युनाइटेडका खेलाडीले आफ्नो व्यवस्थापकको मागको बदलामा कुनै गतिलो उत्तर नै दिन सकेनन् ।


युनाइटेड आफैं लिग तालिकाको शीर्ष चारको अभियानमा थियो । त्यसैले युनाइटेडका खेलाडीका लागि सिटीविरुद्धको खेल आफ्नो उपयोगिता देखाउने अवसर पनि थियो । हारपछि सोल्सायर आज्ञाकारी विद्यार्थी जस्तै देखिए, जसले त्यो हारलाई अपेक्षा गरेको थियो । पुराना दिनमा सिटीका व्यवस्थापकले युनाइटेडको सामना गर्दा यस्तै यस्तै व्यवहार गर्थ्यो ।


अहिले म्यानचेस्टरमा फुटबल शक्तिको समीकरण फेरिएको छ । नत्र लगातार छैटौं सिजन सिटी लिगको अन्त्यमा युनाइेटडभन्दा माथि रहने थिएन । मार्कुस रसफोर्डले ठीकै भने, ‘हामीले त्यसरी खेल्न सकेनौं, जसरी युनाइटेडले खेल्न गर्छ । हामीले कम्तीमा आफ्ना समर्थकका लागि भए पनि खेल्नुपर्थ्यो ।’


डर्बी खेल अगाडि सोल्सायरले आफ्ना खेलाडीलाई द क्लिफमा लगेका थिए, यो त्यही मैदान हो, जहाँ केही समय अगाडिसम्म युनाइटेडका खेलाडीले अभ्यास गर्ने गर्थे । उनी चाहन्थे, क्लबको इतिहास र सफलताबाट अहिलेका खेलाडीले केही सिकुन् । खेलपछि धेरैले अनुभव गरे, सोल्सारले खराब त गरेनन्, तर उनले जे गरे, त्यसले खेलाडी उत्प्रेरित भने हुन सकेनन् । पछि सोल्सारले आफैंले माने, ‘हामीलाई अझ झन् कडा मिहिनेत नगरेर सुखै छैन ।’


हो पनि, वास्तविकता यही हो । तर सत्य के पनि हो भने सोल्सारले अबको सिजनमा अहिलेको तुलनामा राम्रो गर्ने हो भने युनाइटेडलाई अझ राम्रा खेलाडी त चाहिन्छन नै, रणनीति पनि उत्तिकै दरिलो हुनुपर्नेछ । अहिले पनि युनाइटेडमा खराबै खेलाडी भएको पनि होइन, तर तिनै खेलाडीबाट नतिजा भने आउन सकेको छैन । त्यसको ठीक उल्टो सिटीका खेलाडीले दबाबमै पनि अझ राम्रो खेले । उनीहरूलाई राम्रोसँग जितबाहेक अरू विकल्प थिएन भनेर । नत्र सिटी लिभरपुलको पछाडि परिहाल्थ्यो ।


फिल म्याकनट्ली

प्रकाशित : वैशाख १३, २०७६ ०७:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?