३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

दोस्रो बीआरआई शिखर सम्मेलनकाे औपचारिक उद्घाटन  

लक्ष्मी लम्साल

बेइजिङ — बहुप्रतिक्षित दोस्रो बेल्ट एण्ड रोड (बीआरआई) अन्तरराष्ट्रिय सहकार्य शिखर सम्मेलनकाे शुक्रबार बिहान बेइजिङमा औपचारिक उद्घाटन गरिएको छ।

दोस्रो बीआरआई शिखर सम्मेलनकाे औपचारिक उद्घाटन  

तीन दिने मञ्चको मुख्य विषय 'बेल्ट एण्ड रोड सहकार्यः एक उज्ज्वल साझा भविष्यको खोजी’ भन्ने रहेको छ। ३७ मुलुकका नेता, संयुक्त राष्ट्र संघका महासचिव र अन्तर्राष्ट्रिय मुद्रा कोषका महानिर्देशक गरी लगभग पाँच हजार विदेशी प्रतिनिधिहरू मञ्चमा सहभागी छन्। उक्त सम्मेलनमा नेपालबाट राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित छिन् ।

औपचारिक उद्घाटन शुक्रबार भएकाे बीआरआई शिखर सम्मेलन बिहीबार सुरु भएको हाे । बिहीबार विभिन्न १२ शीर्षकका फरक–फरक सत्रमा नेपाली व्यवसायीहरू पनि उपस्थित भएका थिए ।

शिखर मञ्चको उद्घाटन समारोहमा चिनियाँ राष्ट्रपति सीले 'बेल्ट एण्ड रोडको सुन्दर भविष्यको संयुक्त सिर्जना’ शीर्षकमा आफ्नो मन्तव्य सुनाए। अन्तरक्रिया, आपसी हित र साझा विकास नै बेल्ट एण्ड रोडको लक्ष्य रहेको बताउँदै उनले विभिन्न पक्षको संयुक्त प्रयासमा प्रथम शिखर मञ्चका निचोडहरू सफलताका साथ व्यवहारमा उतारेको दाबी पनि गरे।


१५० भन्दा बढी मुलुक र अन्तर्राष्ट्रिय संगठनले चीनसँग बेल्ट एण्ड रोडको संयुक्त निर्माणको सम्झौतामा हस्ताक्षर गरेको बताउँदै उनले बीआरआई प्रस्तावमा संयुक्त राष्ट्र संघ, एशियान, अफ्रिकी लीग, युरोपेली संघ, युरोप-एशिया आर्थिक संघ आदि अन्तर्राष्ट्रिय तथा क्षेत्रिय संगठनको विकास र सहकार्य योजनासँग जोडिएको सुनाए।

'विभिन्न मुलुकको विकास रणनीतिकसँग जोडेर विश्वको आर्थिक वृद्धिको लागि नयाँ स्पेस खोल्दै विकासका नयाँ मौका प्रदान गरेको छ साथै चीनको खुलापन विकासलाई नयाँ सम्भव पारेको छ,’ उनले भने ।

याे पनि पढ्नुहाेस्

प्रकाशित : वैशाख १३, २०७६ ०८:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?