कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

तथ्याङ्क विभागको प्रतिवेदन भन्छ- '९ लाख ८ हजार नेपाली बेरोजगार'

राजु चौधरी

काठमाडौँ — मुलुकमा बेरोजगारी दर ११.४ प्रतिशत पुगेको छ । केन्द्रीय तथ्याङ्क विभागको अनुसार १५ वर्ष वा सो भन्दा बढी उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार छन् । ती मध्ये ७० लाख ८६ हजार जनसंख्या रोजगारीको क्षेत्रमा छन् ।

तथ्याङ्क विभागको प्रतिवेदन भन्छ- '९ लाख ८ हजार नेपाली बेरोजगार'

बेरोजगारको संख्या ९ लाख ८ हजार रहेको जनाइएको छ । तथ्याङ्कअनुसार सबैभन्दा बढी पुरुष ५ लाख ११ हजार बेरोजगार छन् । ३ लाख ९७ हजार महिला बेरोजगार रहेको उल्लेख छ ।

श्रमशक्तिभन्दा बाहिरको जनसंख्या १ करोड २७ लाख ५० हजार रहेको उल्लेख छ । जसमध्ये पुरुषको संख्या ४२ लाख ५० हजार र महिला ८५ लाख रहेको उल्लेख छ । रोजगारीमा रहेका जनसंख्यामध्ये ६९ प्रतिशत सहरमा र ३१ प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ । रोजगारीमा रहेका पुरुषमध्ये सहरमा ६८ प्रतिशत र ग्रामीणमा ३२ प्रतिशत रहेका छन् । यस्तै, रोजगारीमा रहेका महिलाहरुमध्ये ७० प्रतिशत सहरमा र ३० प्रतिशत ग्रामीण क्षेत्रमा रहेको उल्लेख छ ।


श्रमशक्तिले पाउने पारिश्रमिकमा पनि विभेद रहेको उल्लेख छ । श्रमशक्तिको औषत आम्दानी १७ हजार ८ सय ९ रुपैयाँ छ । पुरुषले १९ हजार ४ सय ६४ र महिलाले १३ हजार ६ सय ६० रुपैयाँ आम्दानी गरेको उल्लेख छ । 'जसअनुसार महिलाले पुरुषको तुलनामा औषत मासिक ५ हजार ८ सय ३४ रुपैयाँ कम कमाउँछन,' प्रतिवेदनमा उल्लेख छ ।


प्रकाशित : वैशाख १३, २०७६ १७:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?