कान्तिपुर हाफ म्याराथन: करिब ३५ सय जना दौडिए[फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — 'एन्टी पोलुसन रन' को नारा दिइएको कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका छन् । कान्तिपुर पब्लिकेसन्सको केन्द्रीय कार्यालय थापाथलीबाट शनिबार बिहान ७ बजेदेखि सुरु भएको थियो । ५ किमि कर्पोरेट र मिडिया दौडमा पुरुषतर्फ १ हजार ४ सय र महिलातर्फ ८ सय १५ जनाले फारम भरेका थिए । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान पारस खड्काले दौडको उद्घाटन गरेका थिए ।


प्रकाशित : जेष्ठ ११, २०७६ ११:३०
प्रतिक्रिया
पठाउनुहोस्