कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

कान्तिपुर हाफ म्याराथन : ह्विलचेयर दौडमा रामबहादुर र यामी विजयी [फोटोफिचर]

कान्तिपुर संवाददाता

काठमाडौँ — कान्तिपुर हाफ म्याराथन अन्तर्गत ह्विलचेयर विधामा पुरुषतर्फ त्रिभुवन आर्मीका रामबहादुर तामाङ र महिलातर्फ यामी झाँक्रीले उपाधि रक्षा गरेका छन् । गत संस्करणमा पनि यी दुई च्याम्पियन बनेका थिए । हि्वलचियर दौडतर्फ २० जनाको सहभागिता जनाएका थिए ।

५ किलोमिटर कर्पोरेट एन्ड मिडिया दौडको उपाधि पुरुषतर्फ राजेश खड्काले जितेका छन् । साविक विजेता अजय तामाङलाई करिब ३५ सेकेन्डले पछि पार्दै राजेशले १७ मिनेट २०.०८ सेकेन्डमा निर्धारित दुरी पुरा गरे। पुरुषतर्फ दुर्गा बुढा दोस्रो र कृष्ण बस्नेत तेस्रो भए।महिलातर्फ विश्वरुपा बुढाले उपाधि हात पारिन् भने दोस्रो सन्तोषी श्रेष्ठ भइन् । 'एन्टी पोलुसन रन' को नारा दिइएको कान्तिपुर हाफ म्याराथनको नवौं संस्करणमा करिब ३ हजार ५ सयले सहभागिता जनाएका थिए ।

प्रकाशित : जेष्ठ ११, २०७६ १२:२५
प्रतिक्रिया
पठाउनुहोस्