काठमाडौँ — खोटाङमा सुनकोसी खोलाले बगाएर एक युवक बेपत्ता भएका छन् । हलेसी तुवाचुङ नगरपालिका ३ च्यास्मिटारका १७ वर्षीय नवराज राई सुनकोसी खोलाले बगाएर बेपत्ता भएको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।
शनिबार बिहान साथीहरुसँग नुहाउने क्रममा उनीबेपत्ता भएका थिए । स्थानीयको सहयोगमा बेपत्ता युवकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।