कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

पनिकाबाटै नक्कली प्रमाणपत्र

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालय बल्खुबाट विद्यार्थीको लब्धांक नम्बर परिवर्तन गरी फर्जी प्रमाणपत्र जारी हुने गरेको भेटिएको छ । अख्तियारले परीक्षामा फेल भएका विद्यार्थीलाई ‘घूस लिएर पास गराउने’ समूहलाई पक्राउ गरेको छ ।

संख्या खुलाएको छैन । स्रोतका अनुसार गोप्य शाखाका प्रमुख रामु कर्माचार्य र एक विद्यार्थी (अधिवक्ता सुरेन्द्र कोइराला) पक्राउ परेका हुन् ।


स्नातकोत्तर तह अर्थशास्त्र विषयमा सबैभन्दा बढी अंक हालिदिन दुवैबीच लेनदेन भएको भेटिएपछि अख्तियारले कर्माचार्यलाई गत साता र कोइरालालाई बुधबार पक्राउ गरेको हो । चारा विषयमा स्नातकोत्तर उत्तीर्ण कोइराला अर्थशास्त्र विषयमा पाटन क्याम्पसमा स्नातकोत्तर तह अध्ययनरत थिए । उनले स्नातकोत्तर तहमा ‘गोल्ड मेडलिस्ट’ हुने भन्दै अंक थप्न चलखेल गरेका थिए ।


कर्माचार्य र कोइराला दुवै पक्राउ परेको अख्तियार प्रवक्ता प्रदीपकुमार कोइरालाले पुष्टि गरे । अनुसन्धानको विषयवस्तुबारे भने आफूलाई थाहा नभएको उनले प्रतिक्रिया दिए । परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विभिन्न बिचौलियामार्फत नम्बर सच्याएर पास गराउने समूहमाथि अख्तियारले छानबिन गरिरहेको छ ।

प्रकाशित : असार ५, २०७६ ०७:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?