२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

भोलिसम्म विदेशी च्यानलको प्रसारण बन्द

काठमाडौँ — सरकारले विदेशी च्यानलमा विज्ञापन देखाउन नपाइने व्यवस्था (क्लिन फिड) लागू गर्न खोजेको भन्दै केवल टेलिभिजन व्यवसायीहरुले नेपालमा प्रसारण हुने विदेशी च्यानल बन्द गरेका छन् । सोमबार ३ बजेदेखि विदेशी च्यानलको प्रसारण बन्द गरिएको केवल टिभी व्यवसायी महासंघ, इन्टरनेट सेवा प्रदायकहरुको संलग्नतामा गठन भएको इन्टरनेट तथा डिजिटल सेवा प्रदायक समन्वय समितिले जनाएको छ ।

भोलिसम्म विदेशी च्यानलको प्रसारण बन्द

भोलि दिउँसो ३ बजेसम्म विदेशी च्यानल प्रसारण नहुने समितिको विज्ञप्तिमा उल्लेख छ ।


सरकारले राष्ट्रिय सभामा दर्ता गरेको विज्ञापन सम्बन्धी विधेयकमा क्लिन फिड लागू गर्ने र विदेशी विज्ञापनलाई डबिङ गरी नेपाली भाषामा प्रसारण गर्न नपाइने व्यवस्था राखिएको छ । विधेयकमा सरकारले राजपत्रमा सूचना प्रकाशित गरी क्लिन फिड लागू गर्न सक्ने विधेयकमा उल्लेख छ ।


क्लिन फिड लागू भए नेपालमा प्रसारण हुने विदेशी च्यानल सञ्चालन गर्न नसकिने भन्दै आन्दोलनस्वरुप विदेशी च्यानल बन्द गरिएको हो ।

प्रकाशित : असार ९, २०७६ १७:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?