१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

समझदारीबाट पछि हटे दुर्भाग्य : दाहाल

रमेशकुमार पौडेल

चितवन — सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पार्टी एकताका आधारहरू जेलाई बनाएको छ त्यसबाट कोही विचलित हुन नहुने बताएका छन् । नेकपाको चितवन जिल्ला समितिको शपथ ग्रहण कार्यक्रम र पहिलो बैठकलाई सोमबार भरतपुरमा सम्बोधन गर्दै पहिलेका समझदारीहरूबाट पछाडि फर्कन थाले दुर्भाग्य हुने चेतावनी समेत दिए ।

समझदारीबाट पछि हटे दुर्भाग्य : दाहाल

पछिल्लो समय पार्टीको दस्ताबेजमा अर्का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको सिद्धान्त ‘जनताको बहुदलीय जनवाद’ बनाउन खोजेको भन्ने चर्चाका बिचमा दाहालको यस्तो भनाइ आएको हो ।


‘अलि अलि आफ्नो स्वार्थतिर केन्द्रित हुनु भएन । पार्टी एकता गर्दा हामीले जे–जे कुरालाई आधार बनाएर समझदारी र हस्ताक्षर गरेका छौँ, दस्ताबेजमा राखेका छौँ अब ती कुराबाट पछाडि हट्ने कुरा आउँदैन’ नेता दाहालले भने ।


‘हामीले बनाएका दस्ताबेजहरू, हामीले गरेका सहमतिहरू, एकताका आधार जेलाई बनाएका छौँ त्योबाट जो कोही अलिकति पनि विचलित हुन थाल्यो भने त्यसलाई हामीले खण्डन आलोचना गर्नुपर्छ । र उसलाई हाम्रो ऐतिहासिक एकताको आधारहरूमा केन्द्रीत गर्नुपर्छ भन्नेमा सर्वसहमति भएको छ’ दाहालले भने ।

प्रकाशित : असार ९, २०७६ १९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?