१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

भीरबाट लडेर महिलाको मृत्यु 

संगीता तिमिल्सेना 

बाजुरा — बाजुराको स्वामीकार्तिक खापर गाउँपालिका–१ साप्पाटामा शनिबार भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाकी २७ वर्षीया लक्षु विक रहेको वडाअध्यक्ष जनकबहादुर रोकायाले जानकारी दिएका छन् । 

शनिबार बिहान ७ बजे गाईगोरुलाई राताखाली भन्ने स्थानमा घाँस काट्न गएका बेला लडेर मृत्यु भएको वडाध्यक्ष रोकायाले बताए ।

घाँस काटिरहेका बेला चिप्लिएपछि भीरबाट लडेर मृत्यु भएको मृतकका श्रीमान असारे विकले बताए । मृतकका तीन छोरा र एक छोरी छन् ।


आफन्तले प्रहरीलाई खबर गरे पनि घटनास्थल पुग्न अझै २ घण्टा लाग्ने स्थानीयले बताएका छन् । कर्णाली नदी पारिको उक्त वडामा पैदल जान बाटो असहज रहेको बताइएको छ ।

प्रकाशित : श्रावण ४, २०७६ १०:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?