२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सरकारको पालैपालो नेतृत्व गर्ने सहमती पालना गरौं :  देवेन्द्र पौडेल

अमृता अनमोल

बुटवल — नेकपा स्थायी समिति सदस्य देवेन्द्र पौडेलले सरकार  र पार्टीको पालैपालो नेतृत्व गर्नेबारे विगतमा भएको सहमति अबिलम्व पालना गर्नुपर्ने बताएका छन् ।

सरकारको पालैपालो नेतृत्व गर्ने सहमती पालना गरौं :  देवेन्द्र पौडेल

शनिबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी एकतालाई मजबुद बनाउन पनि तत्कालीन एमाले र माओवादी केन्द्रबीच भएको पालैपालो सरकारको नेतृत्व गर्ने लगायतका ५ बुँदे सहमति कार्यान्वयन हुनुपर्ने बताए ।


विगतको सहमतिलाई आधार बनाएर इमान्दारिताका साथ अघि बढ्न उनले सुझाब दिए ।


वर्तमान सरकारको काम-कारबाही प्रभावकारी नभएको भन्दै उनले प्रभावकारीताका लागि मन्त्री परिवर्तन गर्नसमेत माग गरे । धेरै कुरामा सरकार विवादमा फसेको भन्दै उनले निर्मला काण्ड, विधेयक ल्याउने फिर्ता गर्ने, गुठी विधेयकका सवाल, विषादी प्रकरणमा सरकार परिपक्व नदेखिँदा प्रतिपक्षले टाउको उठाउने मौका पाएको बताए ।

प्रकाशित : श्रावण ४, २०७६ १३:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?