कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

घूस लिएको आरोपमा ३ इन्जिनियरसहित ४ पक्राउ

काठमाडौँ — घूस रकम लिएको आरोपमा जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, दोलखाका सिनियर डिभिजन ईन्जिनियर प्रकाश अधिकारीसहित ४ जना पक्राउ परेका छन् ।

घूस लिएको आरोपमा ३ इन्जिनियरसहित ४ पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार इञ्जिनियर अधिकारीलाई १३ लाख ३८ हजार ५ सय घूससहित भक्तपुर, जगातीबाट पक्राउ गरेको हो । उनीसँगै जलस्रोत तथा सिँचाई विकास डिभिजन कार्यालय, सिन्धुपाल्चोकका ईन्जिनियर भोगेन्द्र साह, सवारी चालक सुमन खड्कालाई शंकास्पद नगदसहित नियन्त्रणमा लिएको हो । इन्जिनियर साहसँग १ लाख २९ हजार नगद फेला परेको अख्तियारका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।


विभिन्न उपभोक्ता समिति तथा कम्पनीहरूसँग घूस लिएर काठमाडौं आउँदै गरेका इञ्जिनियरद्वय अधिकारी र साह बा १ झ ५२८० नम्बरको टोयोटा हाईलक्स गाडीसहित पक्राउ परेका हुन् ।


यस्तै घूस मागेको आरोपमा गोलबजार नगरपालिका, सिरहाका सब-इन्जिनियर उमा श्रेष्ठ पनि पक्राउ परेका छन् । ५० हजार घूससहित गोलबजार नगरपालिका ७ पुरानो चोहर्वा बसपार्कस्थित एक होटलबाट शुक्रबार अख्तियारको टोलीले नियन्त्रणमा लिएको जनाइएको छ । उनले शौचालय निर्माणको भुक्तानी दिन सहज गराई दिएको भन्दै सेवाग्राहीसँग घूस लिएका थिए ।

प्रकाशित : श्रावण ४, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?