१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

३ इन्जिनियर सहित ४ जना घूससहित पक्राउ

कमल पन्थी

बर्दिया — अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय नेपालगन्जले तीनजना इन्जिनियर र एक चालक सहित ४ जनालाई १५ लाख घूस लिँदै गरेको आरोपमा पक्राउ गरेको छ । शनिवार बर्दिया गेरुवा गाउँपालिका—१ बिहानी बजारस्थित एचआरपी कटेजबाट उनीहरूलाई अख्तियारको टोलीले घूससहित पक्राउ गरेको हो । 

३ इन्जिनियर सहित ४ जना घूससहित पक्राउ

कर्णाली नदी व्यवस्थापन कार्यालय,राजापुरका इन्जिनियर विशेश्वरप्रसाद साह, कमल प्रसाद सिटौला र हरिप्रसाद चौधरीलाई निर्माण व्यवसायी र उपभोक्ताबाट बाट घूस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको नेपालगन्जस्थित अख्तियार प्रमुख गणेश गैरेले बताए ।


आयोजनाका चालक टंक प्रसाद ओझा पनि पक्राउ परेका छन् । अख्तियार प्रमुख गैरेले दसी सहित पक्राउ गरिएकालाई नियन्त्रणमा लिई कारबाही प्रक्रिया अघि बढाएको जनाए ।


प्रमुख जिल्ला अधिकारी राम बहादुर कुरुम्बाङले ३ पटकसम्म कर्णाली आयोजनाका इन्जिनियरलाई गुणस्तर सम्बन्धमा सचेत गराएपनि अटेर गरेको बताए ।

प्रकाशित : श्रावण ४, २०७६ १७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?