कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

“पीडित चिउरा र भुजाको भरमा बाँचिरहेका छन्”

रासस

काठमाडौँ — राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले सरकारले बाढीपीडित समक्ष राहत पुर्‍याउन नसकेको आरोप लगाएका छन् । 

प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिले बाढी प्रभावित क्षेत्रको निरीक्षणका लागि बनाएको उपसमितिका सदस्यसमेत रहेका महतोले बाढीपीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरे । स्थापितको पुनःस्थापना गर्न उहाँले सरकारसँग माग गर्नुभयो । प्रदेश २ का आठै जिल्लाको स्थलगत निरीक्षण गरी सरकारलाई प्रतिवेदन बुझाइने समितिका सदस्य महतोले जानकारी दिए । सो अवसरमा प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँडेलले धनुषामा– ११ हजार नागरिक बाढीबाट प्रभावित भएको र राहत अपुग भएको टोलीलाई जानकारी गराउनुभयो । उहाँले कमला नदीको पश्चिमी तटबन्ध झण्डै ३५० मिटर भत्काएकाले बाढीलाई थेग्न सक्ने अवस्था नरहेको बताए ।


“तत्काल रु पाँच करोड ५० लाख आवश्यक छ”, प्रजिअ कँडेलले भने । प्रदेश सरकारले उपलब्ध गराएको रु १० लाख अपुग भएको र उद्धार सामग्री आवश्यक रहेको उनको भनाइ थियो । “पीडित चिउरा र भुजाको भरमा बाँचिरहेका छन्”, कँडेलले भने । गठित उपसमितिको टोलीले धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने छ भने अर्को टोलीले सिरहा, सप्तरीलगायत जिल्लाको निरीक्षण गर्ने छ । उक्त टोलीमा रामसहायप्रसाद यादव, देवेन्द्रराज कँडेल, लक्ष्मी चौधरी, दिलेन्द्रप्रसाद बडू, डा डिला सङ्ग्रौला, छक्कबहादुर लामा, वृजेशकुमार गुप्तालगायत रहेका छन् ।

प्रकाशित : श्रावण ४, २०७६ १९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?