कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

संसद् अवरुद्ध गल्ती थियो : नेम्वाङ

काठमाडौँ — तत्कालीन संविधानसभाका अध्यक्ष एवं नेकपा नेता सुवास नेम्वाङले आफ्नो पार्टीले २०५८ सालमा गरेको संसद् अवरोध गल्ती भएको स्वीकारेका छन् । 

संसद् अवरुद्ध गल्ती थियो : नेम्वाङ

‘हामीले त्यसरी संसद् अवरोध गर्नु संसदीय इतिहासमा गम्भीर गल्ती थियो,’ नेम्वाङले भने, ‘संसद् जनताको आवाज राख्ने ठाउँ हो, त्यसलाई चल्न नदिँदा लोकतन्त्रको घाँटी निमोठिएजस्तो हुन्छ ।’ संसद् सचिवालयले धुलिखेलमा आयोजना गरेको सञ्चारकर्मीसँगको संवादमा शनिबार नेम्वाङले त्यस्तो गल्ती दोहोरिन नदिन सबै सचेत हुनुपर्ने धारणा राखे ।


तत्कालीन एमालेले २०५८ सालमा त्यति बेलाका प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको राजीनामा माग गर्दै ५७ दिनसम्म लगातार संसद् अवरुद्ध गरेको थियो ।


प्रकाशित : श्रावण ४, २०७६ २१:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?