१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

नापतौलमा ठगी

कास्की — पोखराका चोक र सडकमा बसेर विभिन्न सामान बिक्री गर्दै आएका फुटपाथे तथा डोके व्यापारीले नापतौलमा उपभोक्तालाई ठग्ने गरेको पाइएको छ ।

उनीहरूले तौलने काँटा अवैध रुपमा प्रयोग गर्दै आएका हुन् । साथै तौल पनि कम हुने उपभोक्ताले जनाएका छन् ।

चिप्लेढुंगाबाट अनार लिएको र अर्को पसलमा पुगेर तौलिदाँ २ सय ग्राम थोरै भएको गैह्रापाटनकी राधा थापाले बताइन् ।


‘पछि तौल पुगेन भनेर भन्न गएको भेट्न सकिन’, उनले भनिन् । आफुजस्तै नठगिन सामान किन्नेबेला होस पुर्‍याउन उनले अनुरोध गरिन् । ठग भनेको थोरै सामान किन नहोस् ठगै भएको सुनाउँदै यिनीहरूलाई अनुगमन गरी कारबाही गर्नुपर्ने माग उनको थियो ।


त्यस्तै अर्का सेवाग्राही नागढुंगाका रत्न पौडेल भन्छन्, ‘पृथ्वी चोकमा डोकेवालासँग ३ किलो स्याउ लिएको ५ सय ग्राम कम रहेछ ।’ घरनिर पुगेर तौलँदा बल्ल चाल पाइयो, कसलाई दोष दिनु, त्यही स्याउ किन्ने बेला नजिकको पसलमा गएर तौलनुपर्ने बुद्धि आएन भन्दै उनी थक्थकाए ।


पृथ्वीचोकमा हिँड्दा अकबरे खुर्सानी देखेर लिएको तर भनेजति तौल भने नभएको नयाँबजारका धनबहादुर राईले बताए । ‘यति सानो चिजमा ठगिनुपरेको छ, यसमा सम्बन्धित निकायले अनुगमन गुर्नपर्छ,’ उनले भने । डोके व्यापारी यमुना श्रेष्ठ भने बढी होला तर, घटी नहुने दाबी गर्छिन् । ‘कुनै कुनैले ठिक्क गरेर दिएकाले नपुग्न सक्छ तर म केही बढी दिन्छु, ग्राहक पुनः खुसी हुँदै आउँछन् र फलफूल किनेर लैजान्छन्,’ उनले भनिन् ।

कुनै पनि व्यापार व्यवसायीलाई काँटा, ढुंगा र गिलासको नापतौल गरी ग्राहकलाई कुनै पनि सामान बिक्री गर्न नपाइने गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख सन्तोष शर्माले बताए । यदि नापतौलमा यसको प्रयोग गरी कम भए स्वतः मुद्दा हाल्न पाइन्छ उनले भने ।


उनका अनुसार दुई साताअघिको अनुगमनमा ढुंगा, गिलास र काटा गरि १ सय वटा जफत गरिएको थियो । उपभोक्ता भएर अनुगमन समितिलाई तत्कालै जानकारी गराए कुनै नठगिने उनको भनाइ छ ।

प्रकाशित : भाद्र ६, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?