कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

ताप्लेजुङमा जनप्रतिनिधिविहीन समाजवादी पार्टी

आनन्द गौतम

ताप्लेजुङ — एकमात्र जनप्रतिनिधिले पार्टी छोडेपछि समाजवादी पार्टी जिल्लामा जनप्रतिनिधिविहीन भएको छ । तत्कालीन नयाँ शक्ति पार्टीबाट निर्वाचित मिक्वाखोला गाउँपालिका ५ पापुङका वडाध्यक्ष डण्डु शेर्पा नेकपामा प्रवेश गरेका हुन् । 

ताप्लेजुङमा जनप्रतिनिधिविहीन समाजवादी पार्टी

नयाँ शक्ति र संघीय समाजवादी पार्टी एकीकरणपछि उनी पनि समाजवादी पार्टीमा थिए । नेकपाका सचिवालय सदस्य तथा पर्यटनमन्त्री योगेश भट्टराईले उनलाई पार्टी प्रवेश गराए । डण्डु नेकपाका केन्द्रीय सदस्य पासाङ शेर्पाका भाइ पनि हुन् । डण्डुसँगै १ सय ३५ जना प्रवेश गरेको नेकपा ताप्लेजुङले जनाएको छ । मिक्वाखोला गाउँपालिकामा नेकपाबाट अब २ जना वडाध्यक्ष भएका छन् ।


५ वडा रहेको यो गाउँपालिकामा ३ जना कांग्रेस, एक जना नेकपा र एक नयाँशक्ति पार्टीका उम्मेदवारले वडामा जितेका थिए ।


उता समाजवादी पार्टीका संयोजक एमवी तमुले शेर्पा बिहीबारकै मितिबाट पार्टीको साधारण सदस्य पनि नरहेको उल्लेख गरेका छन् ।

प्रकाशित : भाद्र ६, २०७६ १२:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?