२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादमा पुग्ने सपना नदेख्न पौडेलको चेतावनी

हरिराम उप्रेती

गोरखा — नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले अधिनायकवाद लागु गर्ने दिवा सपना नदेख्न चेतावनी दिएका छन् । 

लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादमा पुग्ने सपना नदेख्न पौडेलको चेतावनी

प्रेस युनियन जिल्ला कार्यसमिति, गोरखाको जिल्ला अधिवेशन उद्धघाटन समारोहलाई सम्बोधन गर्दै नेता पौडेलले सत्तासीन नेपाल कम्यूनिष्ट पार्टी तर्फ इंगित गर्दै लोकतन्त्रले काम गर्न दिएन भन्नु गलत भएको बताए ।


‘प्रचण्डले अस्ति संसदमा बोल्दा प्रजातन्त्रमा झमेला हुँदो रहेछ, लोकतन्त्रले विकास हुन सकेन भन्नुभयो,’ पौडेलले भने, ‘यसमा गम्भिर आपत्ति छ, अवास्तविक र अलोकन्त्रीक कुरा संसदमा दुईतिहाइको कमाण्ड गरेको नेताले बोल्नु दुर्भाग्यको हो ।’ लोकतन्त्र नभएको भए झ्याम–झ्याम निर्णय गरेर विकास हुन्छ भन्नुमा असल नियत नेदेखिएको पौडेलले बताए ।


‘अमेरिका, युरोप, जापानको विकास के ले गर्‍यो,’ उनले भने, ‘यस्तो नियत राख्नु सर्वसत्तावादी आकांक्षालाई परिलक्षीत गर्छ, सरकारको काम गराइ पनि त्यस्तै भएको छ ।’ लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादमा पुग्ने नियत हो की भन्ने प्रश्न उठेको पौडेलले बताए ।


‘लोकतन्त्रको भर्‍याङ चढेर अधिनायकवादको शिखरमा चढ्ने कम्यूनिष्ट शैलि प्रस्तुत हुदैछ, यो डेमोक्र्यासीको लागी खतराको संकट हो,’ उनले भने, ‘संसदमा कंग्रेसको सिट कम होला, लोकतन्त्रको वाटोबाट विचलित हुन नदिन नेपालमा कंग्रेस छ ।’


फरक प्रसङ्गमा पार्टीको एकताबद्घ बनाउने भूमिका केन्द्रिय सभापति शेरबहादुर देउवाकै हातमा रहेको पौडेलले बताए । ‘उहाँले साथीहरु प्रति कस्तो व्यवहार गर्नुहुन्छ, शक्ति डाडुपनियो सवै उहाँकै हातमा छ,’ उनले भने,‘ सवैलाई न्याय दिएर आश्वस्त पार्ने काम सभापतिको हो, उहाँको ब्यवहारमा भर पर्ने कुरा हो, पार्टीलाई एकतावद्घ बनाउनुहुन्छ भन्ने अपेक्षा छ ।’


सोमबार भएको प्रेस युनियनको अधिवेशनले नरेन्द्र ढकालको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा नरहरी सापकोटा, सचिव मोहसिन मियाँ, सहसचिव सस्मीता पन्त , कोषाध्यक्ष सुनिल कुँवर रहेका छन् ।


प्रकाशित : पुस १७, २०७५ १३:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?