कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

अनशन तयारी गर्न डा.केसी इलाम पुगे

अतुल मिश्र

काठमाडौँ — चिकित्सा शिक्षा र सेवाका अभियन्ता डा.गोविन्द केसी सरकारलाइ १६ औं सत्याग्रह सुरु गर्ने दुइ साते अल्टिमेटमको अन्तिम दिन मंगलवार इलाम पुगेका छन । यस अघिको १५ औँ सत्याग्रह जुमलाबाट सुरु गरेका डा.केसीले पुस १७ गतेसम्म आफनो माग पुरा नभए अनसन गर्ने चेतावनी दिदै आएका थिए ।

अनशन तयारी गर्न डा.केसी इलाम पुगे

‘सरकारले माग पुरा नगरे भोली(बुधवार) बाट अनशन सुरु हुन सक्छ’, डा.केसीका निकट मानिने डा.अभिषेक राज सिंहले कान्तिपुरसँग भने–‘सर अनसनको तयारी गर्न नै इलाम पुगी सक्नु भएको छ ।’


डा.केसीका माग


१. १५ औं सत्याग्रहमा सरकारसँग भएको सम्झौता तत्काल कार्यान्वयन गरियोस्


(क) सम्झौताबमोजिम अक्षरश: संशोधन गरेर संसदबाट अविलम्ब चिकित्सा शिक्षा ऐन पारित गरियोस्


(ख) गौरी बहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनले दोषी ठहर गरेका त्रिवि पदाधिकारी लगायतका व्यक्तिहरुलाई तत्काल सिफारिस बमोजिम बर्खास्ती लगायतका कारबाही गरियोस् । त्रिवि पदाधिकारीहरुद्वारा चिकित्सा शिक्षा अध्ययन संस्थानका खोसिएका अधिकारहरु पुन: सो संस्थान मै फिर्ता गरियोस् ।


(ग) सातै प्रदेशमा सरकारी मेडिकल कलेज खोल्ने काम द्रूत गतिमा अघी बढाइयोस् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अविलम्ब एमबीबीएस भर्ना सुरु गर्ने व्यवस्था गरियोस् ।


२. निर्मला पन्तको बलात्कार र हत्यामा संलग्न व्यक्तिहरुलाई तत्काल पक्राउ गरी मुद्दा चलाइयोस् । साथै, प्रमाण लोप गर्ने, झूठा प्रमाण बनाउने, यातना दिने, न्याय माग्न गएका व्यक्तिमाथि गोली चलाई हत्या, अंगभंग गर्ने व्यक्तिहरु माथि तत्काल फौजदारी मुद्दा चलाइयोस् ।


३. सरकारको निर्णयको उल्लंघन गरी काठमाडौं विश्वविद्यालयले तोकेको शुल्क तत्काल फिर्ता लिई दोषी पदाधिकारी माथि कारबाही गरियोस् ।

प्रकाशित : पुस १७, २०७५ २०:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?